spot_img

समानुपातिकतर्फ २ करोड बढी मतपत्र छापिँदै

spot_img

काठमाडौं ,२१ फागुनका लागि समानुपातिकतर्फ दुई करोड बढी मतपत्र छापिँदैछ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरको मतदाताको संख्या एक करोड ८९ लाख रहेको छ ।जम्मा मतदाताको संख्या भन्दा सात प्रतिशत बढी मतपत्र छाप्न लागिएको उनले जानकारी दिए ।

‘हामीले दुई करोड केही बढी मतपत्र छाप्नुपर्ने छ । त्यसमध्ये समानुपातिक तर्फको एक करोड ५० लाख मतपत्र छपाइ भइसकेको छ । बाँकी ५० लाख मतपत्र केही दिनमा छपाइ सम्पन्न हुनेछ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने ।

अब प्रत्यक्षतर्फको मतपत्र छपाइको काम अगाडि बढाइनेछ । शुक्रबार नै उम्मेदवारलाई निर्वाच्न चिह्न प्रदान गर्ने कार्यक्रम छ । निर्वाचन चिन्ह प्रदान गरेसँगै आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए ।

उनका अनुसार मतदाता परिचयपत्र छपाइको काम समेत भइराखेको छ । आयोगको परिसरभित्रै मतदाता परिचयपत्र छपाइ जारी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img