spot_img

उम्मेदवारी खारेजीविरुद्ध चौधरी पुगे सर्वोच्च

spot_img

काठमाडौँ,  नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबीसहित चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् । उनले आफ्नो उम्मेदवारी कायम गरिदिनु भनि अन्तरिम आदेशको माग गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी यथावत रहँदै निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने मागसमेत गरेका छन् । चौधरीको निवेदन शुक्रबार दर्ता भएको र आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाहा भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो ।उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img