spot_img

गगन कांग्रेसको प्रधानमन्त्रीका उम्मेदवार अघि सार्दै यस्ता छन् कांग्रेसले गरेका ५ निर्णयहरू

spot_img

कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा थापाको नाम अनुमोदन गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए । थापा हालै विशेष महाधिवेशनबाट कांग्रेसको सभापति भएका हुन् ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए । उनको प्रस्तावलाई बैठकले समर्थनसहित पारित गरेको हो । यसअघि रास्वपाले बालेन्द्र शाह (बालेन) र एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेका छन् ।

महामन्त्री प्रदीप पौडेलले कांग्रेस परिवर्तन भएको र परिवर्तित कांग्रेसले देश परिवर्तन गर्न सभापतिलाई उम्मेदवार बनाएको बताए । उनले कांग्रेसको निर्णयप्रति जनसमर्थन जुट्ने विश्वास गरे । ‘कांग्रेसले नेतृत्व र नीति परिवर्तनको विषय निरन्तर उठाइरहेको छ । विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति परिवर्तन भएको छ ।

हामीले कांग्रेस मात्र होइन, कांग्रेसको माध्यमबाट देशलाई पनि परिवर्तन गर्न खोजेको हो,’ उनले भने, ‘परिवर्तित कांग्रेसले देशलाई परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित हामीले देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेका छौँ । आमकार्यकर्ता र मतदाताको चाहनाअनुसार सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्ने निर्णय गरेका हौँ ।’
कांग्रेस केन्द्रीय समिति बैठकले ग¥यो ५ निर्णय (सूचीसहित)
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई फागुन २१ गतेको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने सहितका ५ निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

(१) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नु भएको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गर्नुभएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ ।

(२) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन गर्ने ।

(३) नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गर्दछ ।

(४) २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।

(५) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गर्दछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img