spot_img

डा. बाबुराम भट्‍टराईले किन लगे उम्मेदवारी फिर्ता? यस्ता छन् लिनुको कारणहरू

spot_img

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्‍टराईले प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा–२ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।उम्मेदवारी फिर्ता गर्न निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि दिउँसो एक बजेसम्मको समय निर्धारण गरेको थियो।

भट्टराईले प्रतिनिधि नारायण खत्रीमार्फत् उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन्।गोरखा–२ मा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी र नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने उम्मेदवार छन्।गोरखा–२ बाट चौथोपटक लड्न बाबुरामले उम्मेदवारी दिएका थिए।उम्मेदवारी फिर्तापछि उनले भिडिओ सन्देश जारी गर्दै उम्मेदवारी फिर्ता गर्नुको कारण बताएका छन्।

’अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने सोचसहित मैले आफूले हुर्काउँदै ल्याएको पार्टीको नेतृत्व नयाँ साथीहरूलाई सुम्पेर अभिभावकीय भूमिकामा रहने निर्णय गरेँ,’ सन्देशमा उनले भनेका छन्।

भट्टराईले चुनाव घोषणा भएपछि आफूले चुनाव नलड्ने घोषणा गरेकव पनि बताएका छन्। तर देशको तरल राजनीतिक अवस्था र नयाँ दलहरूले पनि आधारभूत समस्याको समाधानतर्फ अपेक्षित ध्यान दिन नसकेको अनुभूति भएकाले उम्मेदवारी दिएको बताए।

’राष्ट्रिय स्वाधीनताको प्रश्न, चीन, भारत, अमेरिका जस्ता विश्व शक्तिहरूको भूराजनीतिक चासोको व्यवस्थापन, संविधानका केही त्रुटि सच्याउने आवश्यकता, शान्ति प्रक्रियाका बाँकी काम, आर्थिक नीति निर्माण, र गोर्खामा अधुरा विकास योजनाहरूलाई अघि बढाउने जिम्मेवारीका कारण संसदभित्र रहेर भूमिका खेल्नुपर्ने निष्कर्षमा केही समय पुगेँ। त्यसैअनुसार मैले उम्मेदवारी दर्ता पनि गराएँ,’ उनले भने।पछिल्लो समय विभिन्न दल, व्यक्तित्व र स्थानीय जनताबाट आएको सुझाव अनुसार उम्मेदवारी फिर्ता लिएको उनले बताएका छ्न्।

उनले अभिभावकीय भूमिकामा रहेर बाहिरबाट सहयोग गर्ने बताएका छन्।’विभिन्न दल, व्यक्तित्व, साथीहरू तथा स्थानीय जनताबाट आएको सुझाव अनुसार वर्तमान परिस्थितिमा साझा अभिभावकीय भूमिकामा रहेर बाहिरबाट सहयोग गर्नु नै देशका लागि बढी उपयोगी हुने ठहरमा पुगेँ। त्यसैले मैले दर्ता गराएको मनोनयन फिर्ता लिने निर्णय गरेको छु,’ उनले भनेका छन्।

उनले आगामी दिनमा अग्रगामी सोच राख्ने राजनीतिक दल, समूह र व्यक्तिहरूलाई सहयोग गर्दै देश, समाज र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। ’संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, समृद्धिको पक्षमा उभिँदै बृहत् शान्ति सम्झौता तथा जेन–जी आन्दोलनपछिका सम्झौता कार्यान्वयनमा म निस्वार्थ रूपमा भूमिका निर्वाह गर्नेछु। प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा, उज्यालो नेपाल पार्टी लगायत नयाँ तथा अग्रगामी सोच भएका पुराना दलका साथीहरूसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु,’ उनले भनेका छन्।

रास्वपाका एक नेताले भने गोरखा–२ मा रास्वपा उम्मेदवारलाई सहयोग गर्नेगरी भट्टराईले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img