spot_img

केरुङ नाका खुलाउनका लागि तत्काल पहल गर्न सरकारसँग कांग्रेसको माग

spot_img

नेपाली कांग्रेसले केरुङ नाका खुलाउनका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ।आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेसले उत्तरी छिमेकी मुलुक चीनसँगको केरूङ नाकाबाट आयात–निर्यात सहज तुल्याउनका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको हो।कोरोनाको महामारीमा अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा कडाइ गरिएको भए पनि अहिले स्थिति सहज बनेको र सीमानाका नखुलेका कारण व्यवसायीले दुःख पाएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।

कांग्रेसले आंशिक रुपमा खुल्ला गरिएको सीमानाकामा दैनिक ५ वटा कन्टेनरले मात्रै प्रवेश पाएको र १५ सय भन्दा बढी कन्टेनर सीमामा अलपत्र रहेको बताएको छ। यसले एकातर्फ व्यसायी मर्कामा परेको र अर्कातर्फ राजस्व संकलनमा समेत असर पुगेको भन्दै चिनियाँ पक्षसँय यथाशीध्र संवाद गरेर समस्याको समधान खोज्न आग्रह गरेको छ।‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ। अतः चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img