spot_img

पार्टी सुदृढीकरण अभियानमा एमाले डोल्पा:पहिलो चरणमा ९ जनालाई पार्टीबाट निष्कासित अझै धेरै डेन्जर जोनमा

spot_img

नेकपा एमाले डोल्पाले पार्टी सुदृढीकरण अभियानमा आक्रमक अगाडी बढाएको छ। पहिलो चरणमा ९ जनालाई पार्टीबाट निष्कासित सहित अझै धेरै डेन्जर जोनमा रहेको पार्टीले जनाएको छ।

पार्टीको गतिविधि विपरीत कार्य गर्ने विभिन्न नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो।

नेकपा एमाले को १० औं राष्ट्रिय महाधिबेशनवाट संसोधन सहितको बिधानमा रहि नेकपा एमाले डोल्पाको मिति २०८२ माघ ६ गते बसेको जिल्ला कमिटीको पूर्ण बैठकको निर्णय बमोजिम लिखित तथा मौखिक स्पष्टीकरण सोधी कारवाही गरिएको हो ।

नेकपा एमाले डोल्पा जिल्ला कमिटीका उप–सचिव लोकेन्द्र राना, जिल्ला कमिटी सदस्य महिन बहादुर ठकुल्ला, शान्ति राना, काइके गाउँ कमिटीका अध्यक्ष राजु रोकाय र सचिव सूर्यकुमार बुढालाई साधारण सदस्यता समेत नरहने गरि कारबाही गरेको छ।

यस्तै ठुलीभेरि नगरपालिकाका पूर्व नगर कमिटी अध्यक्ष मानव बोहोरा, ओमबहादुर रोकाय, रमेश कार्की, अभिषेक शाही, मायादेवी शाही, जीतबहादुर शाहीलाई पनि नेकपा एमाले डोल्पामा एमालेको पार्टी साधारण सदस्यता समेत नरहने गरि कारबाही गरिएको नेकपा एमाले डोल्पाका प्रचारप्रसार विभाग संयोजक टेक बहादुर शाहीले जानकारी दिए।

आगामी फागुन २१ को निर्वाचन मात्र नभई पार्टीलाई विभिन्न समयमा असर पुर्याएका र पार्टीको हित विपरीत गतिविधि गरेका व्यक्तलाई कारबाही गरेको र केहीलाई कारबाही गर्ने तयारी रहेको संयोजक शाहीको भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img