spot_img

बालेन,हर्क र महेशसहित दर्जन बढीलाइ आयोगले सोध्यो स्पष्टीकरण

spot_img

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवार र २ सङ्घसंस्थालाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोग आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाहसहित ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो ।

बालेन शाहले झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए ।त्यस्तै अर्का रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका निकोसल भुसाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । उनलाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएर आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ । त्यस्तै भक्तपुर २ का एमाले उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ । भक्तपुर २ कै उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

त्यसबाहेक स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा सङ्घलाई स्पष्टीकरण सोधेको छ । अर्को एक स्पष्टीकरण शिक्षक सरुवाको विषयमा रहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ। बस्नेतले उम्मेदवारी दर्ता गर्दा बाजा बजाउने मानिसहरूको टाउकोमा पैसा सिउँरिदिएको भिडिओका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो। उनलाई तीन दिन भित्र जबाफ दिन भनिएको छ।

निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा उनलाई स्पष्टीकरण सोध्न लागिएको हो।त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा उनी सरकारी गाडी चढेर सहभागी भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।निर्वाचन प्रसार प्रसारमा सार्वजनिक पदाधिकारीहरूले सरकारी स्रोत साधनको प्रयोग गर्न पाउँदैनन्। आचारसंहिताले बर्जित गरेको छ। त्यस्तै राप्रपाबाट काठमाडौं–४ बाट उम्मेदवार रहेका सुरेन्द्र भण्डारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

उनलाई द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा उनलाई स्पष्टीकरण सोधिकएको हो। उनलाई यौनिक तथा अल्पसंख्यक समुदायविरूद्ध घृणित अभिव्यक्ति दिएको विषयमा स्पष्टीकरण सोधिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो। उनलाई दलको झण्डाको प्रयोग र मनोनयन दर्ता गर्दा २५ जना भन्दा धेरै मानिस सहभागी गराएको विषयमा स्पष्टीकरण सोधेको हो।

खरेलले जबाफसमेत पठाइसकेका छन्। उनले आगामी दिनमा आचारसंहिता पूर्ण पालना गर्ने उल्लेख गर्दै आफूले अन्जानमा आचारसंहिता विपरित काम गरेको बताएका छन्। आयोगले अखिल नेपाल फुटबल संघ एन्फा र राष्ट्रिय खेलकुद परिषद्लाई पनि स्पष्टीकरण सोधेको छ। एन्फालाई निर्वाचनसँग सम्बन्धित विषयमा र राखेपलाई खेलकुदसम्बन्धी सम्मेलनको विषयमा स्पष्टीकरण सोधेको हो।

आचारसंहित उल्लंघनमा आयोगले सुरूआतमा ३ दिने स्पष्टीकरण सोध्ने गरेको छ।दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोध्ने र त्यसपछि पनि आचारसंहित पालना नगर्नेलाई कारबाही गर्ने तयारी आयोग छ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्तिलाई जरिवानादेखि उम्मेदवारी खारेजसम्म गर्न सक्ने अधिकार आयोगलाई छ।’हामीले आयोगमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण सोधेका हौँ’, निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले भने, ’आचारसंहिता विपरित कार्य भइरहेको उजुरी आए हामी सबैलाई स्पष्टीकरण मार्फत् जिम्मेवार बनाउछौँ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img