spot_img

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दाः६ करोड ७८ लाख रूपैयाँ बिगो मागदाबी

spot_img

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।चितवनको भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी स्रोत पुष्टि हुन नसक्ने सम्पत्ति आर्जन गरेकाले मुद्दा दर्ता गरेको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।उनका अनुसार ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ बिगो माग दावी गर्दै मुद्दा दर्ता गरिएको हो।

उनी २०४८ माघ ६ गते सेवामा प्रवेश गरी २०८० असार ६ गतेसम्म काम गरेको देखिन्छ।उक्त अविधमा तलब, दैनिक भम्रण भत्ता, स्थानीय भत्ता, बैठक भत्तालगायत गर्दा १० करोडभन्दा बढी आय देखिएको छ। उक्त आयबाट ३ करोड ५१ लाख ८ हजार २१० मात्र वैधानिक देखिएको छ।

बाँकी रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारको प्रवक्ता न्यौपानेले जानकारी दिए। उनले गैरकानुनी रूपमा कमाएको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति जोडेकाले उनीविरूद्ध पनि मुद्दा दर्ता गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img