spot_img

भोलिको प्रदर्शनमा हरेक घरबाट सहभागिता जनाउन सभापति देउवाको अपील

spot_img

काठमाडौं , नेपाली कांग्रेसले संसद विघटनविरुद्ध फागुन ३ गते सोमवार (भोलि) देशभर प्रदर्शन गर्दैछ ।भोलिको विरोेध प्रदर्शनमा व्यापक सहभागिता जनाएर संसद विघटनविरुद्ध ऐक्यवद्धता जनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् ।आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले ७७ वटै जिल्ला कार्यसमितिले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागि हुनको लागि अपील गरेका हुन् ।

“केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपील गर्दछु ।” उनले भने ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन गरेको थियो ।अघिल्ला विरोध कार्यक्रमहरुमा व्यापक जनसहभागिता भएको दाबी गर्दै भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता भएर प्रभावकारी बनाउन आग्रह गरेको छ । “अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।” देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको सभापति देउवाले बताए ।“त्यस्तै पार्टीका सबै तहका नेताकार्यकर्ता साथै लोकतन्त्रवादीहरुमा भोलिको विरोध प्रदर्शनमा सहभागि हुन देउवाले अपील गरेका छन् । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।” देउवाले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img