काठमाडौँ, काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटल कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ । ५ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले बताए ।
होटल कम्प्लेक्समा सञ्चालित ब्ल्याकआउट डान्स रेष्टुरेण्टबाट आगो सल्केको थियो । क्षतिको विवरण आउन बाँकी रहेको डीएसपी बुढाथोकीले बताए ।