spot_img

प्रहरीको रासनभत्ता १० प्रतिशत बढ्योः२४ वर्षपछि हट्यो विभेद,प्रहरीलाइ केहि राहत

spot_img

सरकारले नेपाल प्रहरीका कर्मचारीको रासनभत्ता बढाउने निर्णय गरेको छ । अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीका कर्मचारीले रासन स्केल कम पाउँदै आएकोमा त्यसलाई समान बनाउँदै सरकारले प्रहरीले पाउने स्केल बढाएको हो । जसअनुसार समग्रमा प्रहरीले पाउने रासनभत्ता करिब १० प्रतिशतले बढेको छ ।

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार प्रहरीले रासनमा पाउने चामलको मात्रा बढेको छ । हाल दैनिक प्रहरीले ६९० ग्राम चामल पाउँदै आएकोमा अब ७२० ग्राम पाउनेछन् । त्यस्तै, दैनिक एउटा अन्डा, २५ ग्राम कुखुराको मासु र २५ ग्राम बिस्कुट पनि थप भएको छ ।

त्यस्तै, सुक्खा तरकारी (गेडागुडी) दैनिक ५० ग्रामबाट ५५ ग्राम पुगेको छ । यी खाद्यसामग्री थप हुँदा रासनभत्ता करिब १० प्रतिशतले बढ्ने प्रहरी प्रवक्ता काफ्ले बताए । हाल प्रहरीले नगदमै रासन लिँदै आएका छन् ।

हरेक जिल्लामा रासनको दररेट फरक छन् । काठमाडौं उपत्यकामा हाल दैनिक २०१.२५ रुपैयाँ पाउँदै आएकोमा अब २२१.९१ रुपैयाँ पाउनेछन् । सबैभन्दा कम रासनभत्ता झापा जिल्लामा छ । जहाँ दैनिक १८०.५५ रुपैयाँ पाउँदै आएकोमा अब १९९.५५ रुपैयाँ पाउनेछन् । सबैभन्दा धेरै रासनभत्ता हुम्लाको उत्तरी भेगमा कार्यरत प्रहरीले पाउँछन् ।

त्यहाँका प्रहरीले दैनिक ८६३.६५ रुपैयाँ पाउँदै आएकोमा अब ९५२.३६ रुपैयाँ पाउने भएका छन् । प्रहरीले हाल दैनिक चार हजार ३० क्यालरी पाउँदै आएकोमा अब चार हजार ३६४ क्यालरी पाउनेछन् । नयाँ रासनदर १ फागुनदेखि कार्यान्वयनमा आउने गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

नेपाल प्रहरीले रासनमा रहेको विभेद हटाउन बारम्बार पहल गर्दै आएको थियो । जेन–जी आन्दोलनपछि प्रहरीको मनोबल बढाउन फेरि यससम्बन्धी प्रस्ताव अघि बढेकोमा बल्ल स्वीकृत भएको हो ।

रकम थोरै भए पनि विभेद हटेकाले यसले प्रहरीको मनोबल बढाउन सहयोग पुग्ने प्रहरी अधिकारी बताउँछन् । २४ वर्षदेखि प्रहरी कर्मचारीले रासनमा विभेद भोग्दै आएका छन् । प्रहरी र गृह मन्त्रालयको नेतृत्वको पहलपछि विभेद हटेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img