आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका जुम्लामा एक स्वतन्त्रसहित १० उमेदवार चुनाव लड्दै छन् । यहाँ नेपाली कम्यनिस्ट पार्टी (नेकपा)ले नरेश भण्डारीलाई मैदानमा उतारेको छ । उनी ०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा विजयी सांसद हुन् । त्यति बेला नेपाली कांग्रेसका उमेदवारसँग मुख्य प्रतिस्पर्धा गरेका उनले २१ हजार १२७ मत ल्याएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका दिनबन्धु श्रेष्ठले १२ हजार मत पाएका थिए ।
भण्डारी ०७४ मा जुम्ला–१ ‘क’बाट वाम गठबन्धनका साझा उमेदवार बन्दै प्रदेशसभा सदस्य समेत निर्वाचित भएका थिए । सोही अवधिमा उनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पनि बने । यसपालि उनको मुख्य टक्कर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाहीसँग हुने देखिन्छ । विघटित प्रतिनिधिसभा सदस्य समेत रहेका शाही संसद्मा कडा प्रश्न गर्ने नेताका रूपमा परिचित छन् ।
०७९ सालको आमनिर्वाचनमा शाहीले कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनका बाबजुत दोब्बर मत बढी ल्याएर जितेका थिए । त्यति बेला उनले २२ हजार ८१९ मत पाएका थिए । गठबन्धनकी उमेदवार गोमा गौतम कुँवरले ११ हजार ९५९ मत ल्याएकी थिइन् ।
नेकपा (एमाले)ले यसपल्ट जुम्लाबाट मैदानमा उतारेका शान्तिलाल महत संसदीय निर्वाचनमा नयाँ अनुहार हुन् । उनी स्थानीय तहको पहिलो निर्वाचनमा चन्दननाथ नगरपालिकाको मेयरमा लडेर पराजित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट यसअघि समानुपातिक सांसदका रूपमा संघीय संसद्मा प्रवेश गरेकी विनीता कठायत यसपटक प्रत्यक्षतर्फ उमेदवार छिन् । पहिलोपटक प्रत्यक्ष चुनाव लड्न मैदानमा उत्रिएकी कठायतले कर्णाली क्षेत्रको विकास, अनियमिततालगायत विषयमा संसद्मा आवाज उठाएकी थिइन् । उनी प्रत्यक्षतर्फ उमेदवारी दिने जुम्लाकी एक्ली महिला हुन् ।
कांग्रेसले जुम्लामा जिल्लाका पूर्वसभापति दिपबहादुर शाहीलाई उमेदवार बनाएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का मनऋषि धिताल,नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही, नेकपा (माओवादी)का बिर्खबहादुर शाही छन् । तातोपानी गाउँपालिका–३, लिताकोटका भक्तबहादुर रावलले स्वतन्त्र उमेदवारी दिएका छन् ।
प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा कुल ७१ हजार ७३९ मतदाता छन् ।
नरेश भनरेश भण्डारीकाे विरासत र व्यक्तित्वका अगाडी सबै फिक्का तरल ज्ञानेन्द्रबहादुर शाही दिने छन् कडा टक्कर
नण्डारीलाई विकासवादी, दूरदर्शी, क्षमतावान् तथा कुशल नेतृत्वसिप भएको नेताका चिनिन्छ भने शाही स्पष्ट र खरो वक्ता तथा संसदमा कर्णालीकै आवाज उठाउने, युवामाझ सम्भवतः नेपालले नै रुचाएका युवा नेताका रूपमा परिचित छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। जसमा रा.प्र.पा.प्रवक्ता तथा निवर्तमान प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाही र नेपाली कम्युनिस्ट पार्टीका २०६४ सालका संविधानसभा सदस्य, कर्णाली प्रदेशका पूर्व कानुन तथा न्यायमन्त्री नरेश भण्डारीबीचको प्रतिस्पर्धाले नेपालभर विशेष ध्यान केन्द्रित गराएको छ।
यद्यपि अन्य उम्मेदवारहरू योग्य, सबल, सक्षम, कुशल, दूरदर्शी र क्षमतावान् होइनन् भन्ने पक्कै भन्न खोजिएको होइन। यो मेरो नितान्त व्यक्तिगत बुझाइ मात्र हो। नरेश भण्डारीलाई विकासवादी, दूरदर्शी, क्षमतावान् तथा कुशल नेतृत्वसिप भएको नेताका चिनिन्छ भने शाही स्पष्ट र खरो वक्ता तथा संसदमा कर्णालीकै आवाज उठाउने, युवामाझ सम्भवतः नेपालले नै रुचाएका युवा नेताका रूपमा परिचित छन्।
राष्ट्रिय राजनीतिमा प्रतिनिधिसभाका लागि प्रतिनिधि छनोटमा जुम्लाको लागि उत्तम विकल्प शाही नै हुने देखिन्छ, किनकि उनी रा.प्र.पा.का प्रवक्ता तथा पार्टीको केन्द्रीय मुख्य भूमिकामा रहेका र भविष्यमा रा.प्र.पा.को अध्यक्षसम्म पुग्न सक्ने क्षमतावान् व्यक्ति हुन्। उनले पछि गएर जुम्लालाई अझै बढी योगदान गर्ने व्यक्ति हुन्। उनी आफ्नो पार्टीका हरेक नीतिगत निर्णय तहमा हुने भएकाले यसले जुम्लाका लागि धेरै नै फाइदा पक्कै गर्नेछ।
अर्को कुरा, राष्ट्रिय राजनीतिमा बलियो प्रभावको फाइदा जुम्लाले पक्कै लिनेछ र यसको उदाहरण पनि आसन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रतिनिधित्वतर्फ जुम्लाबाट रा.प्र.पा.बाट मात्र ४ जनाको नाम समावेश हुनु हो। हो, यही हो राष्ट्रिय राजनीतिमा हुने प्रभाव।
यद्यपि भण्डारी पनि विज्ञ, विकासवादी, दूरदर्शी र कुशल नेतृत्वसिप भएका, २०६४ मा प्रतिनिधिसभा सदस्य भइसकेका, राष्ट्रिय राजनीतिमा खासै बलियो प्रभाव नभए पनि प्रादेशिक राजनीतिमा बलियो प्रभाव भएका तथा एकपटक प्रदेशमन्त्री (कानुन तथा न्यायमन्त्री) भइसकेका व्यक्ति हुन्। अबको मुख्यमन्त्रीको मुख्य उम्मेदवार किन नबन्ने ?
नेपाल सरकारको शक्तिशाली मन्त्रालयको मन्त्री हुन÷पाउन ४० वर्ष कुर्नु परेको जुम्लाले, देश संघीयतामा गएको कति समय र कति वर्षपछि मुख्यमन्त्री पाउने ? यो मेरो प्रश्न पनि हो।
अब त्यसलाई सहजै भन्न सकिने अवस्था रहेन। तर समयमै मुख्यमन्त्री पाउने जुम्ला र जुम्ली जनताको सपनालाई साकार पार्न सक्ने क्षमतावान् व्यक्ति कोही हो भने त्यो नरेश भण्डारी बाहेक अरू न शाही हुन्, न अरू कुनै व्यक्ति, न त भगवान् नै। त्यसैले प्रदेशमा भण्डारी र प्रतिनिधिसभामा शाही छनोट गर्दा जुम्ली जनताले पछुताउनु नपर्ला।
तर यसपटकको निर्वाचनमा शाही र भण्डारीमध्ये जसले हारे पनि समग्र जुम्लाले हार्ने निश्चित छ, किनकि यी दुवै आदरणीय नेताहरू जुम्लाको विकास, उन्नति, प्रगति र समृद्धिका लागि अपरिहार्य छन्। विभिन्न मिडियाकाे सहयाेगमा