spot_img

फागुन पहिलो साता एमालेले निर्वाचनको घोषणा–पत्र सार्वजनिक गर्छः पोखरेल

spot_img

काठमाडौँ, नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको निर्वाचन घोषणा–पत्र फागुनको पहिलो हप्ता सार्वजनिक हुने बताएका छन् ।प्रेस चौतारी नेपालले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

महासचिव पोखरेलले निर्वाचन आयोगको कार्यतालिकाका कारण निर्वाचनको घोषणा पत्र जारी हुने काममा ढिलाई हुन गएको पनि स्पष्ट पारे । महासचिव पोखरेलले निर्वाचन आयोगले निर्वाचन कार्यतालिकामा घोषणा पत्र सार्वजनिक गर्ने कुरा पछि राखेकाले निर्वाचन आचारसंहिता लाग्छ भनेर राजनीतिक दलहरुले त्यसलाई घोषणा गर्ने कामलाई पनि पछि पार्नु परेको बताए । निर्वाचन आयोगको कार्यतालिका शुरु हुने बित्तिकै एमालेले पनि निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने महासचिव पोखरेलको भनाई थियो ।

उनले भने,‘यस पटकको चुनावमा निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरिसकेपछि प्रचारको कार्यतालिका पछाडि मात्रै दियो । त्यसि अर्थमा अहिले त आन्तरिक भेटघाट मात्रै चलिराखेको छ । तर निर्वाचन प्रचार अभियान चाँही निर्वाचन आचारसंहिताका कारण सुरु हुन सकेको छैन । त्यो निर्वाचन आयोगको कार्यतालिकाको कारणले आफ्नो चुनावी घोषणा पत्र लिएर प्रचारमा जाने समय नै शुरु भएको छैन । जति बेला समय शुरु हुन्छ, त्यतिबेला नेकपा एमाले चुनावी घोषणा पत्रसहित प्रश्तुत हुन्छ । र सम्भवत हामी फागुनको पहिलो हप्तामा चुनावी घोषणा पत्र जारी गर्दछौँ । र त्यो बोकेर हामी उम्मेदवारीहरु प्रचारमा जुट्दछन् ।’

महासचिव पोखरेलले निर्वाचन घोषणा पत्र जारी हुने बित्तिकै पार्टीका उम्मेदवारहरुले सो घोषणा पत्र जनताको माझमा पुर्याउने पनि बताए । उनले निर्वाचन घोषणा पत्र तयारीका लागि आफ्नो पार्टीले विज्ञहरुसँग परामर्श गरिसकेको पनि स्मरण गराए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img