spot_img

श्रीमती हत्या गरे ‘मैले भन्दै प्रहरी कार्यालय पुगे श्रीमान्

spot_img

ललितपुर, मादक पदार्थ सेवन गरी पत्नीको हत्यापछि पति प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका छन् ।ललितपुरको गोदावरी नगरपालिका– ७, देवीचौरमा घटना भएको हो । त्यहाँ बसोबास गर्ने ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको हत्या गरेका हुन् ।

प्रहरी वृत्त, चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार अनुसार पतिपत्नीले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । त्यसक्रममा दुईजनाका बीच विवाद भयो । विवादकै क्रममा पतिले पत्नीमाथि विभिन्न किसिमका धारिलो हतियार प्रहार गरेका हुन् । पत्नीको हत्यापछि विनोद आफैँ टीकाभैरवस्थित प्रहरी प्रभागमा उपस्थित भएका थिए ।

उनीहरूको २ वर्षकी छोरी छन् । प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेकै कारण घरमा सम्बन्ध बिग्रिएपछि पतिपत्नी डेरा गरेर बस्थे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img