spot_img

अहिले मुलुकलाई सच्याउने र सुधार गर्ने शक्ति चाहिएको छ, त्यो कांग्रेसले गर्छः थापा

spot_img

काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्ति चाहिएको र त्यो काम कांग्रेसले नै गर्ने बताएका छन्।ध्वंश र उत्तेजनाभन्दा पनि मुलुकलाई सम्हाल्ने शक्तिको अहिले जरूरी रहेको उनको भनाइ छ।‘अहिले मुलुकलाई सच्याउने र सुधार गर्ने शक्ति चाहिएको छ,’ धनुषामा आज आयोजित कार्यक्रममा सभापति थापाले भने, ‘कांग्रेसले देशलाई सम्हाल्छ र व्यवस्थालाई सुधार्छ। कांग्रेस आफू बदलिएर आएको छ, देशको अवस्था बदल्छ।’

उनले अन्य उम्मेदवार र पार्टीका बारेमा नकारात्मक टिप्पणी नगर्न कार्यकर्ताहरूलाई आग्रह पनि गरेका छन्।‘हामी सकारात्मक ऊर्जा लिएर जान्छौं, हामी देश जोड्ने पार्टी हो। हामी देशलाई सम्हाल्ने पार्टी हो। हामी ध्वंश गर्ने पार्टी होइन। उत्तेजना फैलाउने पार्टी होइन। कांग्रेस भनेको सम्हाल्ने शक्ति हो,’ उनले भने।

उनले आफूहरूलाई सम्हाल्ने शक्ति चाहिएको बताए। उनले भने, ‘कांग्रेसले एकैचोटि दुई ओटा कुरा गर्छ यसपटक– देशलाई सम्हाल्छ, व्यवस्थालाई सुधार्छ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img