spot_img

डोल्पामा हालसम्म हेर्दा कुन दल अनि उम्मेदवारको प्रचारप्रसार र घरदैलो अभियान कस्तो छ त? काेहि आक्रमक अनि काेहि गुमनाम

spot_img

प्रतिनिधिसभा निर्वाचन २१ फागुन लागि देशैभर चुनावी सरगमि बढेकाे छ। विभिन्न राजनीतिक दलहरू उम्मेदवारी दर्ता गरेर प्रचारकाे मैदानमा हाेमिएका छन्। यस्तै हिमाली जिल्ला डोल्पामा चुनावी सरगमि बढेकाे छ। १ सिटका लागि मनोनयन दर्ता गराएका ८ राजनीतिक दल र १ स्वतन्त्र गरि ९ जनाकाे उम्मेदवारी दर्ता भएकाे थियाे।

नेकपा एमालेबाट लंकबहादुर रोकाय,नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर बुढा, नेपाली काग्रेसबाट कर्णबहादुर बुढा,उज्यालो नेपाल पार्टीबाट दिलबहादुर विष्ट,त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा,रास्वपाबाट देवसिंह ऐडी, राप्रपाबाट हरिप्रसाद डाँगी र स्वतन्त्रबाट ओमेन्द्रबहादुर केसी र मितेरी नेपाल पार्टीबाट जुनु भण्डारीले उम्मेदवारी दर्ता गराएका थिए। जसमध्ये  उज्यालाे नेपालका विष्ट र मितेरी पार्टीकी भण्डारीले कांग्रेसका उम्मेदवारलाइ समर्थन गरेका छन्।प्रलोपार्टी विकास बुढाले पनि केन्द्रीय पार्टीकाे निर्णय अनुसार एमालेलाइ समर्थन गर्नेमै अन्याेल छ।

प्रचारप्रसार र घरदैलो अभियानमा सबैभन्दा अग्रपंक्तिमा आक्रमण ढंगले कांग्रेस पार्टी लागेको देखिएको छ। कांग्रेसका उम्मेदवार कर्ण बहादुर बुढाले २ वटा उम्मेदवारलाई समर्थनमा ल्याउनुका साथै हिमपातको कठिन मौसममा पनि प्रचारप्रसार र घरदैलो जारी राखेका छन्। उनले सबैभन्दा कठिन मानीएको काइके गाउँपालिका बाटै शुक्रबार देखि घरदैलो अभियान पनि सुरु गरेका छन्। इतिहास हेर्दा पछील्ला केही चुनावमा कुनैपनी पार्टीले खुलेर प्रचारप्रसार गरेको इतिहास थिएन।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले पनि चुनावी सक्रियता बढाएका छन्। उनले पुरानो आफ्नो दल एमालेबाट ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाबाट मात्रै सयौं नेता कार्यकर्तालाई प्रवेश गराएर सबैलाई सबैको ध्यान केन्द्रीत गराएका छन्। उनी एमालेलाइ कमजोर बनाउन निकै सक्रिय देखिन्छन्। ठुलो धक्का दिने समेत पार्टी प्रवेश कार्यक्रमले देखाउछ। उनले त जीत निश्चित भएको दाबी गर्दै हिडेका छन्।

यस्मा रोचक कुरा त के छ भने कांग्रेस र नेकपाका उम्मेदवार सहोदर दाजुभाइ हुन् । ऊनीहरु मिलेर चुनाव लड्ने धेरैको आसन्का थियो तर दुबैको गतिविधिले तत्काललाई त्यो आसंकालाइ गलत साबित गरेको छ। भने दाइ कर्ण बुढाले सार्वजनिक मिडियामै जिल्लामा ब्यापार बेतिथी,भ्रष्टाचार मौलाएको र भाइले ३ पटक जितेर बिकास गर्न नसेको आरोप लगाउँदै आफू मैदानमा उत्रिएकोले चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन्।
अर्को दल नेकपा एमाले पार्टी र उम्मेदवार गुमनाम जस्तै बनेका छन्। उम्मेदवार लंक राेकायाले उम्मेदवारी दर्ता दिन बाहेक अन्य घरदैलो अभियान खासै बाहिर देखिएको छैन। आन्तरिक प्रचारप्रसारमा व्यापक लागेको दाबी पार्टीका नेता कार्यकर्ताको दाबी छ। अधिकांस नेता कार्यकर्ता जिल्ला बाहिर रहेकोले अब व्यापक प्रचारप्रसारमा लाग्ने दाबी पार्टीका नेताहरूको छ। तर जनतामा प्रभाव पार्ने गरि घरदैलो अभियान देखीएको छैन धेरैको प्रतीक्षाको विषय बनेको छ।

अन्य रास्वपाका उम्मेदवार काठमाडौं तिर पार्टीका नेताकार्यकर्ता भेट्न निस्केको देखिन्छ। भने स्वतन्त्र उम्मेदवार ओमेन्द्र केसी घरदैलो अभियानमै लागेका छन्। पत्रकार सम्मेलन गरेर घोषणा पत्र पनि सबैभन्दा पहिले सार्वजनिक गरेर प्रचारप्रसारमा लागेका छन्। राप्रपाबाट हरिप्रसाद डाँगी चुनाव प्रचार प्रसार तथा घरदैलाे गर्न व्यस्त छन्।

अन्य केहि उम्मेदवार अन्यौलमै देखिन्छन्। कसले जित्छ त्यसका लागि चुनावी रिजल्टसम्म कुर्नै पर्ने हुन्छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img