spot_img

डोल्पा एमालेका उम्मेदवार लंक बहादुर रोकायको उपल्लो भेगका मतादातालाइ सन्देश:”पुरातात्त्विक सम्पदा संरक्षण,सिमा समस्या र बिकासका लागि विशेष पहल गर्ने छु”

spot_img

नेकपा एमालेका उम्मेदवार लंक बहादुर रोकायले उपल्लो डोल्पा लक्षित प्रतिबद्धता सार्वजनिक सहित संदेश गरेका छन् ।
उनले नेकपा एमाले जिल्ला कमिटी डोल्पाको आधिकारिक फेसबुक पेज मार्फत उपल्लो डोल्पा स्थित नेपाल(चीन सिमाक्षेत्र सुरक्षाका लागि सुरक्षा फौँज राख्न पहल गर्नुका साथै नाकामा हुने अवैध कारोबार नियन्त्रणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।)
यससँगै उपल्लो डोल्पामा रहेका तीनवटा पालिकाका धार्मिक पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाको सुरक्षामा चुनौती देखिएकाले आफू निर्वाचित भएमा त्यस्ता ऐतिहासिक धरोहर संरक्षणकालागि आवश्यक पहल गर्ने बताएका हुन् ।
त्यसक्षेत्र भौगोलिक रुपमा विकट भएकै कारण चोरी तस्करी बडेकाले सुरक्षाकर्मीलाइ बाह्रै महिना बस्ने ब्यवस्था मिलाउन संसदमा बुलन्द रुपमा आवाज उठाउने समेत उनले बताए ।
यससँगै हिमाली क्षेत्रका नागरिकहरुको शान्ति सुरक्षाको ग्यारेन्टीकालागि पहल गर्ने,सीमा क्षेत्रमा हुने अवैध व्यापार, तस्करी तथा सीमा–अपराध नियन्त्रणमा पहल गर्ने उनको भनाइ छ ।

यस्तो छ उनले सार्वजनिक गरेको प्रतिबद्धता

हिमाली अल्टिच्युडमा कार्य गर्न सक्ने विशेष सुरक्षा बल पठाउन बुलन्द आवाज उठाउने ।

नेपालका हिमाली जिल्लाहरूको विशिष्ट भौगोलिक अवस्था, कठिन भू–भाग, अत्यधिक उचाइ र मौसमी चुनौतीहरूलाई मध्यनजर गर्दै उच्च हिमाली क्षेत्रमा वर्षभरि ९१२ महिना० कार्य गर्न सक्ने विशेष सुरक्षा बल स्थापना गर्नु अत्यन्त आवश्यक देखिन्छ। यसको महत्त्व निम्न बुँदाहरूमा स्पष्ट पार्न चाहन्छु ।
१.पुरातात्त्विक तथा धार्मिक सम्पदाको सुरक्षा का लागि नेपालका उच्च हिमाली क्षेत्रमा सयौँ–हजारौँ वर्ष पुराना ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेका घुम्बा, विहार र सम्पदाहरू अवस्थित छन् । भौगोलिक कठिनाइ, दुर्गमता र उच्च अल्टिच्युडका कारण पर्याप्त सुरक्षा नहुनुले चोरी, तस्करी तथा क्षतिको जोखिम बढेको छ, जसको प्रत्यक्ष क्षति राज्यलाई नै बेहोर्नु परेको छ।
२:उच्च हिमाली बस्तीको शान्ति र सुरक्षा:
हिमाली क्षेत्रका नागरिकहरूले वर्षभरि नै राज्यको उपस्थिति र सुरक्षा अनुभूति पाउनुपर्छ । हाल मौसमी रूपमा मात्र सुरक्षा उपलब्ध हुँदा स्थानीय जनताको जीवन, सम्पत्ति र सामाजिक शान्तिमा प्रतिकूल असर परेको छ।
३: उत्तरी नाकाबाट हुने अवैध कारोबार नियन्त्रण
नेपालको उत्तरी सीमा क्षेत्रमा हुने अवैध व्यापार, तस्करी तथा सीमा–अपराध नियन्त्रणमा उच्च हिमाली वातावरणमा अभ्यस्त, तालिमप्राप्त र स्थायी रूपमा तैनाथ सुरक्षा बलले महत्वपूर्ण भूमिका खेल्न सक्छ।

३:प्रस्तावित समाधान
नेपाल सरकारअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा नेपाली सेनामध्ये कुनै एक संरचनाभित्र विशेष (Himali Special Force)” युनिट गठन गरिनु आवश्यक छ।
यस युनिटका लागिस् उच्च हिमाली क्षेत्रमा काम गर्न सक्षम जनशक्तिको विशेष छनोट उच्च अल्टिच्युड, चिसो मौसम, हिमपात र दुर्गम भू–भाग अनुकूल तालिम आवश्यक भौतिक साधन, प्रविधि र आवासीय पूर्वाधार उपलब्ध गरिनु पर्दछ। उच्च मानव बस्ती र संवेदनशील क्षेत्रलाई मध्यनजर गरी स्थायी क्याम्पहरू स्थापना गर्नु अत्यन्त आवश्यक छ।

अपेक्षित परिणाम यस प्रकारको विशेष सुरक्षा बलको स्थापनाबाटस्
गुम्बा तथा सांस्कृतिक सम्पदाको दीर्घकालीन सुरक्षा
उच्च हिमाली बस्तीमा वर्षभरि शान्ति र सुरक्षा उत्तरी सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रण राज्यको प्रभावकारी उपस्थिति र सार्वभौमिकताको सुदृढीकरण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्नेछ।

यसका लागि संसदमा मैले बुलन्द आवाज उठाउने छु । कानुन निर्माण देखि कार्यन्वन सम्मको भूमिका ख्ल्नेछु ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img