काठमाडौं , विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् ।बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी हुन् ।रोकाको उजुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई पक्राउ पुजी जारी गर्ने तयारी गरेको छ ।
‘मुद्दा शाखामा अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ,’ काठमाडौं प्रहरी परिसरका प्ररमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले भने, ‘पक्राउ पुर्जी जारी गर्छौं ।’काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।