spot_img

ललितपुरका ३ क्षेत्रमा कस कसले मार्लान् बाजी ? कुन दलकाे तयारी के छ,उम्मेदवार चुनावी अभियानमा हाेमिए,पुरानालाइ नयाँकाे दह्राे टक्कर

spot_img

ललितपुरका तीनवटै क्षेत्र आफ्नो पक्षमा पार्न चार दलबिच रस्साकस्सी
चुनावी कमान्डर तोकेर कांग्रेस, एमाले, नेकपा र रास्वपा चुनावी मैदानमा
तीनवटा संघीय निर्वाचन क्षेत्र रहेको ललितपुरमा चुनावी माहोल बढ्दै गएको छ । तीनवटै क्षेत्रमा निवर्तमान सांसद चुनावी मैदानमा उत्रिएका छन् । गत निर्वाचनमा कांग्रेस, एमाले र रास्वपाले एक–एक क्षेत्र जितेका थिए । ललितपुरमा कांग्रेस, एमाले, नेकपा र रास्वपाले तीनवटै क्षेत्र जित्ने दाबी गरेका छन् । सोहीअनुसारको रणनीति बनाएर पार्टीपंक्ति परिचालन गरिएको नेताहरूको भनाइ छ । आन्तरिक तयारी र व्यक्तिगत रूपमा घरदैलो अभियानमा दल र उम्मेदवारहरू जुटेका छन् ।

अघिल्लो निर्वाचनमा ललितपुर १ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका थिए । कांग्रेसले यसपटक पनि उनै राणालाई उम्मेदवार बनाएको छ । उनी अर्थ राज्यमन्त्रीसमेत भए । अघिल्लो निर्वाचनमा राणालाई पाँचदलीय गठबन्धनको साथ थियो । अहिले राणा एक्लै चुनावी मैदानमा छन् । तत्कालीन निवर्तमान सांसद एमालेका नवराज सिलवाललाई पराजित गर्दै राणा निर्वाचित भएका थिए । त्यसअघि ०७४ को निर्वाचनमा भने राणालाई नै पराजित गर्दै तत्कालीन एमाले र माओवादी गठबन्धनबाट सिलवाल निर्वाचित भएका थिए । यसपटक यो क्षेत्रबाट १६ दल र १२ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेसले निवर्तमान सांसद राणालाई अगाडि सार्दा एमालेले यसपटक सिलवाललाई उठाएको छैन । एमालेबाट चेतनाथ सञ्जेल, नेकपाबाट सुनील महर्जन, रास्वपाबाट बुद्धरत्न महर्जन उम्मेदवार छन् । राप्रपाबाट सजिना कार्की, नेकपा (संयुक्त)बाट अमृतनाथ बजगाईं, नेमकिपाबाट सरिता गोसाईं देसार, मंगोल नेसनल अर्गनाइजेसनबाट सुरेश मार्पा, जसपा नेपालबाट महावीर स्याङ्तान तामाङ, आजपाबाट किरण महर्जन, नेसनल रिपब्लिक नेपालबाट सञ्जय घिसिङ तामाङ, प्रलोपाबाट रोहितकुमार बास्तोला, श्रम संस्कृति पार्टीबाट गौतम थापा, नेकपा (माओवादी)बाट भीमसेन घिमिरे, उज्यालो नेपालबाट पदमकुमार लामा, पिपुल फस्र्ट पार्टीबाट सनोज महत चुनावी मैदानमा छन् । यस्तै, स्वतन्त्रबाट धर्मराज बोहरा, विशाल तामाङ, राधाकृष्ण बस्नेत, सरोजकुमार विष्ट, शर्मिला बुढाथोकी, देवेन्द्र सिंह, अशोक थापा, भरत दुलाल, राम खड्का, तिलकबहादुर भ्लोन, डोलनाथ तिमल्सिना, गणेशबहादुर बल तामाङ उम्मेदवार छन् ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट नेकपा (तत्कालीन माओवादी)का वर्षमान पुन निर्वाचित भएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका राणा निर्वाचित भएका थिए । ०७४ मा एमालेका सिलवाल र ०७९ मा कांग्रेसका राणा नै निर्वाचित भएका थिए । ललितपुर १ मा गोदावरी नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १३ वडा पर्छन् । कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिका पनि यही क्षेत्रमा पर्छ ।

ललितपुर २ मा गत निर्वाचनमा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए । एमालेले फेरि उनैलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा हालसम्म नेवार उम्मेदवार विजयी हुँदै आएका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका राजकाजी महर्जन विजयी भएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका चन्द्र महर्जन विजयी भए भने ०७४ मा एमालेका कृष्णलाल महर्जन विजयी भएका थिए । यो क्षेत्रमा अहिले १६ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । एमालेले निवर्तमान सांसद महर्जनलाई अगाडि सार्दा कांग्रेसले नयाँ अनुहार प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । नेकपाबाट राजेन्द्र अमात्य उम्मेदवार छन् ।

सञ्चारमन्त्रीबाट राजीनामा दिएर जगदीश खरेल रास्वपाको उम्मेदवार बनेका छन् । राप्रपाबाट रघुवरराज थापा, नेकपा संयुक्तबाट रमेश आचार्य, नेमकिपाबाट चिरीमैया महर्जन, जसपा नेपालबाट रोहिणी कस्ती, मंगोल नेसनल अर्गनाइजेसनबाट कृष्ण महर्जन, आजपाबाट लखिन्द्रकुमार साह, नेसनल रिपब्लिक नेपालबाट खेमप्रसाद श्रेष्ठ, प्रलोपाबाट कृष्ण महर्जन, श्रम संस्कृति पार्टीबाट सरोज राई, नेकपा (माओवादी)बाट अष्टराज बज्राचार्य, उज्यालो नेपालबाट राजाराम तण्डुकार र राष्ट्रिय मुक्ति पार्टीबाट डोलेन्द्रराज भट्टराई उम्मेदवार छन् । सात स्वतन्त्र उम्मेदवारमा उमंग केसी, रविराज पौडेल, रवीन्द्र अमात्य, कृष्ण खड्का, बाबुराज बज्राचार्य, ओमराज बज्राचार्य र मंगलकृष्ण श्रेष्ठ छन् ।

ललितपुर २ मा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा पर्छन् ।

ललितपुर ३ मा गत निर्वाचनमा रास्वपाकी तोसिमा कार्की निर्वाचित भएकी थिइन् । रास्वपाले यसपटक पनि कार्कीलाई नै उम्मेदवार बनाएको छ । उनी गत निर्वाचनपछि स्वास्थ्य राज्यमन्त्रीसमेत भइन् । कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार पम्फा भुसाललाई कार्कीले पराजित गरेकी थिइन् । यो क्षेत्रबाट ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भुसाल निर्वाचित भएकी थिइन् । ०७० मा कांग्रेसका मदन अमात्य विजयी भएका थिए । ०७४ मा भुसाल नै निर्वाचित भएकी थिइन् ।

ललितपुर ३ मा १५ दल र पाँच स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । रास्वपाले कार्कीलाई दोहो¥याउँदा कांग्रेसले जितेन्द्रकुमार श्रेष्ठ, एमालेले सन्दन थापामगर र नेकपाले राजकाजी महर्जनलाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाले सविनकुमार खड्का, राष्ट्रिय जनमोर्चाले नीलगोविन्द महर्जन, नेकपा संयुक्तले यज्ञप्रसाद पन्त, नेमकिपाले रमिला महर्जन, मंगोल नेसनल अर्गनाइजेसनले दिलकुमार महर्जन, जसपा नेपालले कृष्णदेवी महर्जन, प्रलोपाले विष्णुराज खड्का, संयुक्त नागरिक पार्टीले श्यामबहादुर राई, श्रम संस्कृति पार्टीले ऋतुवर्तन राई, नेकपा (माओवादी)ले खगेन्द्र महर्जन र उज्यालो नेपाल पार्टीले विजय पन्तलाई उम्मेदवार बनाएका छन् । स्वतन्त्र पाँच उम्मेदवारमा रूपेश शाह, अञ्जु कारञ्जित (थापा), अशोजकुमार महर्जन, राधेश्याम खड्का र विमर्श मिश्र छन् ।

ललितपुर ३ मा ललितपुर महानगरपालिकाका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ वडा र गोदावरी नगरपालिकाका १२ र १४ वडा पर्छन् ।

प्रमुख दलहरूले निर्वाचन कमान्डरसमेत तोकेका छन् । कांग्रेसले क्षेत्रीय सभापतिहरूलाई कमान्डर तोकेको छ । १ मा सुन्दरमान थिङ, २ मा महेश खड्का र ३ मा महेश्वर थापा चुनावी कमान्डर बनेका छन् । एमालेले १ मा पूर्वसांसद सुशीला नेपाल, २ मा ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र ३ मा केन्द्रीय सदस्य टीका ढकालको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा तीनवटै क्षेत्रको निर्वाचन परिचालन मूल कमिटी गठन गरिएको छ ।

नेकपाले १ मा केन्द्रीय सदस्य हरि दाहाल,२ मा केन्द्रीय सदस्य माधव पौडेल र ३ मा केन्द्रीय सदस्य दीपेश महर्जनको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।

रास्वपाले पनि क्षेत्रीय संयोजकलाई निर्वाचन परिचालन कमान्डर तोकेको छ । १ मा अरुण केसी, २ मा श्रीकण्ड नेम्कुल र ३ मा विदुर थापालाई चुनावी कमान्डर तोकेको छ ।

ललितपुरमा दुई लाख ६९ हजार २५६ मतदाता छन् । जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन् । ललितपुरका तीनवटै क्षेत्रमा जम्मा १३१ मतदानस्थल र ३१८ मतदान केन्द्र तोकिएका छन् । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img