spot_img

कसरी लेख्दैछन् दलहरूले घोषणा पत्र? कसकाे तयारी के छ के के मुद्दालाइ समेट्दै छन् त दलहरू ? हालसम्म हर्क साम्पाङ मात्रै एजेण्डा बाेकेर मैदानमा

spot_img

चुनाव नजिकीएसँगै राजनीतिक दलहरूले घाेषणा पत्र लेखन तर्फ पनि ध्यान दिन थालेका छन्। अहिले चुनावमा हर्क साम्पाङ नेतृत्वकाे श्रमसंस्कृति पार्टी बाहेर अरूले कुनै पनि एजेण्डा लिएर जान सकेका छैनन्। नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र लेख्दैछ।पार्टीका नेता तथा कार्यकर्ता र विभिन्न विषयगत क्षेत्रहरूबाट सुझाव लिएर कांग्रेसले घोषणा पत्र लेखिरहेको हो।घोषणा पत्र माघ अन्तिम साता सार्वजनिक गर्ने तयारी छ। विशेष महाधिवेशनबाट निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले घोषणा पत्र र निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको थियो। माघ १ गते बसेको केन्द्रीय समिति बैठकले ती दुई समिति गठन गरेको थियो भने दुवै समितिले आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छन्।कांग्रेसले सभापति गगन थापा संयोजक रहने गरी घोषणा पत्र लेखन समिति र उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहने गरी केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो।

प्रवक्ता देवराज चालिसेले घोषणा पत्र लेखनको काम भइरहेको जानकारी दिए।‘केन्द्रीय समितिले सभापतिज्यूकै नेतृत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ र काम भइरहेको छ, विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिएको छ,’ उनले सेतोपाटीसँग भने, ‘भिजन १० मा केन्द्रित रहेर घोषणा पत्र लेख्दैछौं।’उनकाअनुसार पार्टीले सुशासन र विकासलाई प्राथमिकतामा राखेको छ।मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाएर घोषणा पत्र तयार गरिने पनि उनले जानकारी दिए।

विगतमा घोषणा पत्र लेखनमा योगदान पु¥याएका विभिन्न क्षेत्रका विज्ञहरूका सुझावसमेत लिएर घोषणा पत्र लेखन कार्य भइरहेको हो।यसपालिको घोषणापत्र केबल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने भन्दै उनले घोषणा पत्र कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने बताए।घोषणापत्र निर्माण क्रममा कांग्रेसले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरेको छ। स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने पनि कांग्रेसले जनाएको छ।

नारायणकाजीको नेतृत्वमा २५ जनाले लेखिरहेका छन् नेकपाको घोषणापत्र
’घोषणापत्र लामो नहुने, असम्भव कुराहरू नराखिने’

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एक महिनादेखि घोषणा पत्र लेखनमा काम गरिरहेको छ। घोषणा पत्र लेखनका लागि नेकपाले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कमिटी बनाएको थियो।त्यसमा १० वटा कार्यविभाजन गरी नेताहरूलाई जिम्मा दिइएको छ।

’मस्यौदा तयार भइसकेको छ। अब संक्षितिकरणको काम मात्रै बाँकी छ,’ कार्कीले भने।यसपालि नेकपाले ल्याउने घोषणापत्र पहिले पहिले जस्तो लामो नहुने पनि उनले बताए।साथै तिलस्मी योजनाभन्दा समयसान्दर्भिक र भुइँ टेक्ने घोषणा पत्र ल्याउने तयारी रहेको उनले बताए। ’हामीले यसपालि घोषणा पत्रमा ठुल्ठूला कुरा नगर्ने भनेका छौं। कम्तिमा पाँच वर्षमा सक्ने कामहरू उल्लेख गर्ने र उम्मेदवारहरूले पनि त्यसको अपनत्व लिन सक्नेगरी बनाउने भनिएको छ,’ उनले भने, ’सिंगापुर बनाउने, स्वीट्जरल्याण्ड बनाउने भन्ने खालका कुराहरू घोषणा पत्रमा हुने छैनन्। नेपालको मौलिक आधारमा टेकेको समाजवादी आन्दोलन गर्ने भनिएको छ।’

कस्तो बनाउँदैछ एमालेले घोषणा पत्र?

नेकपा एमालेले आगामी फागुन पहिलो साताभित्रमा घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ।एमालेले घोषणा पत्र बनाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणा पत्र लेखन समिति बनाएको छ। घोषणा पत्र लेखन समितिमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्त, ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल छन्।

उक्त समितिले अहिले विषयविज्ञहरूसँग नियमित छलफल गरिरहेको छ। विज्ञहरूको सुझावलाई एकत्रित गर्दै घोषणा पत्रको अंग बनाउने काम भइरहेको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए। एमालेले यसपटक घोषणा पत्रमा महत्त्वाकांक्षी कुराहरू नराख्ने शाहीले बताए। ‘यसपटक हामीले पाँच वर्षभित्र जे–जे कुराहरू पूरा गर्न सकिन्छ, तिनै कुराहरू समेटेर घोषणा पत्रलाई अन्तिम रूप दिन्छौं,’ शाहीले सेतोपाटीसँग भने, ‘पाँच वर्षभित्र पूरा गर्न नसकिने अधिक महत्त्वाकांक्षी कुराहरू राख्दैनौं।’

एमालेले घोषणा पत्रमा आधारभूत रूपमा पूर्वाधार निर्माण, आर्थिक विकास, समृद्धिको आगामी मार्गचित्र, सामाजिक सुरक्षा, कृषि क्षेत्रको उन्नयन र समयानुकूल विकास, रोजगारी सिर्जना, आय विस्तार, ऊर्जा–जलस्रोतमार्फत् मुलुकको सामथ्र्य वृद्धि, राजनीतिक स्थायित्व, मर्यादित रोजगारी, युवा उद्यमशीलता, जेनजी आन्दोलनको भावना समुचित सम्बोधन लगायत विषय समेट्ने तयारी गरेको छ।

यसका अतिरिक्त केही सम्झौताहीन विषय रहेको शाहीले बताए। उनकाअनुसार सामाजिक न्यायसहितको लोकतन्त्र, समन्यायिक विकास, सकारात्मक विभेद, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको संरक्षण र परिपालना घोषणा पत्रमा समेटिनेछन्।

स्वर्णिमको नेतृत्वमा लेखिँदैछ रास्वपा घोषणापत्र, १०० दिनमा गर्ने १०० कामको सूची बनाइँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको समूहले यसमा काम गरिरहेको छ। विज्ञहरूसँग परामर्श सकिएर त्यसलाई लिपिबद्ध गर्ने काम भइरहेको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन्। रास्वपाले बनाएको वाचापत्र मस्यौदा कार्यदलमा उपसभापति वाग्लेका अतिरिक्त केन्द्रीय सदस्य अरनिको पाँडे, सोबिता गौतम, क्रान्तिशिखा धिताल लगायत छन्।अधिकारीका अनुसार वाचापत्र कार्यदलले मुख्य रूपमा पाँच वटा पिलरमा काम गरिरहेका छन्।

’जेनजी आन्दोलनको भावनाको सम्बोधन नै हाम्रो मुख्य प्राथमिकता हो। यसबीच जेनजी र सरकारबीच सम्झौता भएको छ। त्यसको अक्षरशः सम्बोधनका लागि वाचापत्र प्रतिबद्ध रहने छ,’ उनले भनिन्, ’योसँग वाचापत्रका मुख्य पाँचवटा पिलर रहनेछन्।’पहिलो पिलरका रूपमा भ्रष्टाचार न्यूनीकरण र सुशासन रहेको उनले बताइन्।

’सुशासन कसरी कायम गर्न सकिन्छ। यसका महत्त्वपूर्ण अवयव के हुन् भनेर हामीले छलफल गरेका छौं। विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र विस्तार गर्ने, सेवा प्रवाह, सरकारका दैनिक काम विद्युतीय बनाउने आदि पनि वाचापत्रमा समावेश हुन सक्छन्,’ उनले भनिन्।दोस्रो पिलरका रूपमा गतिशील अर्थतन्त्रमा जोड दिइएको उनले बताइन्। यसको प्रस्थानविन्दु आर्थिक सुधार नै रहेको उनको भनाइ छ।

’अहिले अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्ने, नेपाललाई १० वर्षभित्र मध्यम स्तरको आय भएको मुलुकमा पु¥याउने, १० वर्षभित्र अर्थतन्त्रको अहिलेको आकार दोब्बर बनाउने नै हाम्रो प्राथमिकता रहने छ,’ उनले भनिन्।तेस्रो पिलरका रूपमा निजी क्षेत्रले व्यहोर्दै आएका समस्या पन्छाउने विषयमा केन्द्रित रहने उनले बताइन्।

निजी क्षेत्रले दैनन्दिन रूपमा नीतिगत, प्रशासनिक उल्झन व्यहोर्नुपरेकाले देशभित्र लगानीको वातावरण नबनेको रास्वपाको बुझाइ देखिन्छ।’निजी क्षेत्रलाई उत्साहित तुल्याउन र लगानीयोग्य वातावरण बनाउन संघीय कानुनमा गर्नुपर्ने सुधार र अन्य नीतिगत प्रबन्धमा जोड दिइने छ,’ उनले भनिन्।

चौथो पिलर पूर्वाधार विकास र दिगो व्यवस्थापन रहेको अधिकारीले बताइन्।उनका अनुसार सडक पूर्वाधार, ऊर्जा, सिँचाइ, जलस्रोत लगायत क्षेत्रको विकास पनि पिलरकै रूपमा रहने छ। सँगसँगै, महँगी नियन्त्रणमा पनि रास्वपाले ध्यान दिइरहेको उनले बताइन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img