काठमाडौँ -आर्मीले महिला राष्ट्रिय लिगमा आइतबार चन्द्रपुरलाई ६–१ हराएको छ र यसमा रश्मी घिसिङले ह्याट्रिक गरिन् । रश्मीले कुल चार गोल गरेकी हुन् ।सातदोबाटोमा भएको खेलमा आर्मीले प्राप्त गरेको सजिलो जितमा विमला चौधरीले दुई गोल गरिन् । चन्द्रपुरकतर्फबाट रजनी थोकरले एक गोल फर्काइन् ।यो जितपछि आर्मीको १० खेलबाट २५ अंक भएको छ र अंक तालिकाको दोस्रो स्थानमा छ । यस्तै चन्द्रपुर भने छ अंकमा छैटौं स्थानमा रहेको छ ।