spot_img

याे चुनावी घरदैलाे अभियान मात्रै हाेइन,काइकेमा लाेकतन्त्र स्थापना गर्ने र बेतिथि अन्त्य गर्ने अभियान पनि हाेःकांग्रेस उम्मेदवार कर्ण बुढा

spot_img

कांग्रेसका सह-महामन्त्री तथा डाेल्पा प्रतिनिधिसभा उम्मेदवार कर्ण बहादुर बुढाले याे केवल चुनावी घरदैलाे अभियान मात्रै भएर काइके गाउँपालिकामा लाेकतन्त्र स्थापना गर्ने र बेतिथि अन्त्य गर्ने अभियान भएकाे बताएका छन्।

जन्मथलाे समेत रहेकाे काइके भित्रका गाउँगाउँ चुनावी घरदैलाे अभियानमा रहेका उम्मेदवार बुढाले इमान्दार खवरसँग कुरा गर्दै इतिहास देखि हालसम्म नागरिकले स्वतन्त्र रूपले भाेट हाल्न नपाएकाे भन्दै अवका चुनावमा वारिसे भाेट हाल्ने प्रथाकाे अन्त्य गर्ने र सबैलाइ राजनीतिक स्वतन्त्रता दिलाएर लाेकतन्त्र स्थापना गर्ने पनि अभियान रहेकाे बताए । उनले थपे “वारिसे भाेट हाल्न खाेजे त्याे राम्राे नहुने र आफु नसहने सबै मतदातासामु भनेकाे छु,त्यस्ताे अव हुँदैन ।

गाउँगाउँमा व्यक्तिगत याेजना ल्याउने काम नगर्ने देखिने गरि विकास नै नभएकाे भन्दै अव त्यस्ता बेतिथि पनि अन्त्य गर्ने दावी गर्दै जनता सामु पनि इनै बाचा गरेकाे दावी गरे । राजनीतिक स्वतन्त्रताले मात्रै विकास सम्भव भएकाेले यसपटक पालिकाका जनताले राम्राे मत दिनेमा आफु ढुक्क रहेकाे उनकाे भनाइ छ।

सायद इतिहासमै काइके गाउँपालिकामा झन्डा फहराउदै जम्बो टोलि प्रचारप्रसारमा गाउँगाउँ पुगेकाे छ। पछील्ला केही चुनावमा यो पालिकामा धेरै राजनीतिक दलहरुले यसरी खुलेरै प्रचारमा उत्रिएको इतिहास छैन। कांग्रेसकाे याे अभियानले अन्य दललाइ समेत प्रचार प्रसारकाकाे ढाेका खाेलिदिएकाे छ।

कांग्रेसले घरदैलो अभियान सुरुवात मै कठिन मानीएको काइके र उपल्लो डोल्पा चुनावी प्रचारप्रसारलाई सबैले महत्त्वपूर्ण र अर्थपूर्ण ढंगले हेरिरहेका छन्। इतिहासमा धेरै नेताहरु नेतृत्वमा पुगेपनी यो पालिकामा हालसम्म करोडौं करोड बजेट पर्दा पनि मोटरबाटो पुग्न सकेको छैन। सदरमुकाम नजिकै भएर पनि मुल बिकासबाट टाढा रहेको काइके कै नयाँ उम्मेदवार गाउँ गाउँको प्रचारप्रसारले जनतामा नयाँ उत्साहित बनाएकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img