spot_img

चुनावमा उम्मेदवारले अधिकतम ३३ लाख खर्च गर्न पाउने

spot_img

हुम्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ। निर्वाचन आयोग नेपालले हिमाली जिल्ला हुम्ला लगाएत देशभरका जिल्लाको लागि निर्वाचन खर्च निर्धारण गरेको हो।एक निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लाका उम्मेदवारहरुले निर्वाचनका लागि अधिकतम ३३ लाख रुपियाँ खर्च गर्न सक्ने निर्वाचन आयोगले निर्धारण गरेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए।

आयोगले तोकेको खर्चको सीमाभित्र रहेर निर्वाचनमा उम्मेदवारले खर्च गर्नुपर्ने छ। हुम्ला जिल्ला एक निर्वाचन क्षेत्र रहेको र सात जना उम्मेदवार निर्वाचनमा प्रतिश्प्रधी रहेका छन्।यसको परिधि भित्र रहेर खर्चको ब्यवस्था गर्नुपर्ने छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार हुम्ला जिल्लामा ३४ हजार ३७२ जना मतदाता रहेका छन्। यसमा १८ हजार २१ मतदाता पुरुष र १६ हजार ३५१ महिला मतदाता रहेका छन्।

अघिल्लो निर्वाचन भन्दा यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक हजार १९४ मतदाता संङ्ख्या बढेको छ। यता हुम्ला जिल्लामा साठी वटा मतदान स्थल र चौसट्टी वटा मतदान केन्द्र कायम भएका छन्। यसअघि २०७९ सालको निर्बाचनमा मतदाता संख्या ३३ हजार ३०८ रहेको छ। २०७९ सालको संसदीय निर्वाचनमा ५८ मतदान स्थल र साठी वटा मतदान केन्द्र थिए।

त्यस्तै गरि जिल्ला सुरक्षा समितिले सत्ताईस वटा मतदान स्थलहरुलाई यसअघि नै अति सम्वेदनशील ठहर गरि सकेको छ। समितिको निर्णय अनुसार २१ वटा सम्वेदनशील र दश वटा सामान्य मतदानस्थल रहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img