spot_img

चुनावको मौकामा कालोबजारी बढ्दा महंगिले आकाश छुदैँःनेतालाई चन्दा दिदा,मारमा उपभोक्ता

spot_img

दैनिक उपभोग्य वस्तुअन्तर्गतको दाल, चामल, तेललगायतको मूल्य बढेको छ। चामल बोरामा करिब २ सय रुपैयाँसम्म बढेको छ भने तेल कार्टुन (१० लिटर) मा करिब ४ सय रुपैयाँ बढेको उपभोक्ताको गुनासो छ। दाल, गेडागुडीलगायतका खाद्यान्नको मूल्य बढ्न सक्ने होलसेल पसलहरूले जनाएका छन्। हिजोआज बजारमा ग्यास पनि अभाव देखिएको काठमाडौं तीनकुनेस्थित एक होटल व्यवसायीले गुनासो गरे। निर्वाचन नजिकिँदै गर्दा खाद्यान्नको मूल्य अझै बढ्न सक्ने आफूलाई एक होलसेल पसलले बताएपछि मन अझै आत्तिएको उनले बताए। ‘अब सामान किन्न जाँदा मूल्य बढ्ने निश्चित छ’, उनले चिन्ता व्यक्त गरे।

उनका अनुसार एक महिनाअघि मंगलम चामल (३० किलो) १९ सयमा किनेकोमा अहिले २२ सय भएको छ। सूर्यमुखी तेल पहिले प्रतिलिटर २३० मा किनेकोमा अहिले २९० रुपैयाँ पुगेको छ। भटमासको तेल पहिले प्रतिलिटर २२० तिरेकोमा अहिले २८० पुगेको छ। तोरीको तेल प्रतिलिटर १० रुपैयाँ बढेको उनले बताइन्। दाल तथा गेडागुडीमा पनि कम्तीमा २० देखि ३० रुपैयाँ बढेको छ।

मंसिरभन्दा पुसमा मूल्यवृद्धि बढीःराष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांकले वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशत रहेको देखाएको छ। तर, चालु आर्थिक वर्षको ५ महिना (मंसिरसम्म) को मूल्यवृद्धि १.६३ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२० प्रतिशत, घ्यू तथा तेल ४.९६ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको मूल्य ३.०४ प्रतिशतले बढ्दा समग्रमा मुद्रास्फीति बढेको हो।

अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो। पछिल्लो ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले घटेकोे छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८२÷८३ को छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो। दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२ प्रतिशत, मरमसलाको ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.७५ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ। समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.९९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.५७ प्रतिशतले बढेको छ। लगिि

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, मधेस प्रदेशको ३.३७ प्रतिशत, बागमती प्रदेशको २.१० प्रतिशत, गण्डकी प्रदेशको १.७६ प्रतिशत, लुम्बिनी प्रदेशको २.६२ प्रतिशत, कर्णाली प्रदेशको १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.२७ प्रतिशत रहेको छ। समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८ प्रतिशत, तराईको २.६५ प्रतिशत, पहाडको १.९४ प्रतिशत र हिमालको २.६६ प्रतिशत रहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img