spot_img

निर्वाचन आयोगद्वारा मतदाताकाे तथ्यांक सार्वजनिकःरामेछापमा सबैभन्दा धेरै मतदाता, सबैभन्दा कम मनाङमा

spot_img

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको मतदाता र निर्वाचन क्षेत्रअन्तर्गत रहेका मतदान स्थल, मतदान केन्द्र र मतदाताको तथ्यांक सार्वजनिक गरेको छ । प्राप्त विवरण अनुसार नेपालभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् ।

जसमा रामेछाप सबैभन्दा धेरै मतदाता भएको क्षेत्र बनेको छ । यहाँ कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता छन् । धेरै मतदाता हुने सूचीको दोस्रो स्थानमा अर्घाखाँची–१ र तेस्रोमा दोलखा–१ रहेका छन् । त्यसैगरी, सबैभन्दा कम मतदाता मनाङमा ७ हजार छन् ।

सबैभन्दा बढी मतदाता भएका ५ निर्वाचन क्षेत्रः

१. रामेछाप– १,८७,९५२

२. अर्घाखाँची– १,७१,६५२

३. दोलखा– १,७०,३२१

४. बर्दिया–१ः १,६८,०३४

५. काभ्रेपलाञ्चोक–२ः १,६५,५११

सबैभन्दा कम मतदाता भएका ५ निर्वाचन क्षेत्रः
१. मनाङ– ७,०००

२. मुस्ताङ– ११,३२८

३. डोल्पा– २४,११५

४. हुम्ला– ३४,३७२

५. पूर्वी रुकुम– ३४,७७२

देशभर कुल १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् । २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाताहरूले यस निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img