spot_img

कांग्रेस,एमाले र नेकपालाई रविको चुनौतीःखुला मिल वा गोप्य मिल,सुनामीलाइ रोकेर देखाऊ

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरूले जस्तोसुकै गठबन्धन बनाए पनि त्यससँग लड्न आफू र आफ्नो पार्टी तयार रहेको बताएका छन् । मंगलबार एक सन्देश जारी गर्दै सभापति लामिछानेले पुरानो संसद् फर्काउने चलखेल, दबाब र धम्की नस्विकार्ने स्पष्ट पारेका छन् ।

पछिल्ला दिनमा कांग्रेस, एमालेका नेताहरूले संसद् विघटन बदर गर्न दायर गरेको मुद्दा अगाडि बढाउन सर्वाेच्च अदालतलाई दबाब दिइरहेका वेला सभापति लामिछानेले जस्तोसुकै गठबन्धन बनाए पनि चुनावमा लड्ने, तर संसद् पुनस्र्थापना गर्ने षड्यन्त्र स्वीकार्य नहुने बताएका हुन् । ‘मेरो खुला आग्रह छ– अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मतपरिणाम स्विकार्छौँ,’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसद्, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्विकार्दैनौँ ।’

लामिछानेले २१ फागुन कुनै सामान्य मिति नभई नेपाली इतिहासको माइलस्टोन हुने पनि बताए । गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा रहेको उनको भनाइ छ । ‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ । फागुन २१ पछि आउने संसद्मा प्रतिपक्षीसमेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन,’ उनले भनेका छन्, ‘यत्तिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ । केही थान बिचौलियाहरूको मुट्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ ।’

खुट्टामा चोट लागेर आराममा रहेका लामिछाने मंगलबारबाट सार्वजनिक जीवनमा फर्किएका छन् । उनले अब नेपाली जनताले परिवर्तनको इतिहास सानदार उत्सवका रूपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्ने पनि उल्लेख गरेका छन् । ‘अपदस्त दुईतिहाइको सरकारले जबर्जस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरिका अदालतहरू धाउँदा–धाउँदा थाहा छैन, म देशका कति ठाउँमा पुग्न सक्छु, तर मेरो प्रयास बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दै छु घण्टीमा भोट,’ उनले भनेका छन् ।

लामिछानेले दलहरूका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्न मत मागेको पनि उल्लेख गरेका छन् । ‘एकाध पुल, एकाध भवन र एकाध सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुचि छैन । कुशासनको मुख्यालय भएको सिंहदरबारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रस्ट म्यान्डेटविना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौँअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठुलो वृक्ष बनेको छ । यसपटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन,’ उनले भनेका छन् ।

लामिछानेले निधारमा ताकेर गोली ठोक्नेहरूविरुद्ध क्रान्तिको घण्टी बजिसकेको भन्दै अब अन्तिमपटक क्रान्ति बाँकी रहेको उल्लेख गरेका छन् । ‘म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको वेग रोक्ने हक हामी कसैलाई छैन । यो देशको भविष्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोरभन्दा कठोर तपस्याका लागि विल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको परबाह छैन । तर, यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यही निधारमा ताकेर गोली ठोक्नेहरूविरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ,’ उनले भनेका छन् ।

लामिछानेले रास्वपाले दस्ताबेजले नीति, विचार र सिद्धान्त स्पष्ट रूपमा भने पनि विचार नभएको भनेर फैलाइएको भ्रमप्रति असन्तुष्टिसमेत व्यक्त गरेका छन् । ‘भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी, भिजनविनाका, नीति सिद्धान्तविनाका भनेर कसैले रोइकराई गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा–दस्ताबेज पढ्ने जाँगर विश्लेषणजीविहरूलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार, सिद्धान्त, नीति सबै भएका भनिएका तपाईंहरूको नियत, कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस्, नपढाउनुस्,’ उनले भनेका छन् ।

साथै, लामिछानेले जनताको ताकतको बलमा मतपत्रमार्फत हामी सुशासनको घन्टी बजाउँदै नयाँ युगको सुरु गर्न चाहेको उनको भनाइ छ । ‘देश रसातलमा पुग्दा पनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक । भारी शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धिसहितको लोकतन्त्र हामी जोगाउँछौँ, नसके जनता छन् । आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ, तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन् । तिनै जनताको ताकतको बलमा मतपत्रमार्फत हामी सुशासनको घन्टी बजाउँदै, विकास–कूटनीति र अर्थ– राजनीतिको सानदार युगारम्भ गर्न चाहन्छौँ,’ उनले भनेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img