spot_img

देशमा बेरोजगारीको विकराल चित्रःसाढे दुई महिनाका लागि ४४ सय कर्मचारी माग्दा १ लाख १३ हजारको दरखास्त,युवाले खाेज्लान् चुनावमा विकल्प

spot_img

तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणनाका लागि राजपत्र अनंकित प्रथम श्रेणीतर्फ ५२६ र राजपत्र अनंकित द्वितीय श्रेणीका लागि ३,९१३ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाको जागिरमा राजपत्र अनंकित प्रथम श्रेणी पदका लागि ३४ हजार ७३० तथा राजपत्र अनंकित द्वितीय श्रेणीका लागि ३२ हजार ९०२ रुपैयाँ मासिक तलब तोकिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै करारका कर्मचारी माग्दा परेको आवेदन अंकले देशमा बेरोजगारीको विकराल चित्र झल्काएको छ । कार्यालयले राष्ट्रिय आर्थिक गणनाका लागि चार हजार ४३९ करारका कर्मचारी माग्दा झन्डै २६ गुणा बढी अर्थात् एक लाख १३ हजार ३५० दरखास्त परेका छन् । यो पनि लामो अवधिको जागिरका लागि होइन, केवल साढे दुई महिनाका लागि मात्र हो ।

तोकिएको अवधिमा सर्भरमा समस्या हुँदा सबैले दरखास्त दिन नसकेका कारण अझै पाँच दिन थप भएको छ । त्यसैले, दरखास्त अझै बढ्ने निश्चित छ । तथ्यांक कार्यालयले गत १ माघमा २१ दिनको म्याद दिएर राजपत्र अनंकित प्रथम श्रेणीतर्फ ५२६ र राजपत्र अनंकित द्वितीय श्रेणीका लागि तीन हजार ९१३ कर्मचारी माग गरेको थियो । तर, सर्भरमा समस्याका कारण तोकिएको अवधिमा सबैले दरखास्त हाल्न नपाएपछि कार्यालयले २६ माघसम्मका लागि म्याद थपेको छ ।

सर्भरमा ओभर क्राउड हुँदा सबैले दरखास्त दिन नसकेकाले पाँच दिन म्याद थप गरिएको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । औसतमा दैनिक पाँच हजार ५२६ दरखास्त परेको र अन्तिम दिनसम्म पनि सर्भरका कारण दरखास्त भर्न नपाएका सर्वसाधारणको मागका आधारमा २६ माघसम्मका लागि म्याद थपिएको लामिछानेले जानकारी दिए ।

करार सेवाको जागिरमा राजपत्र अनंकित प्रथम श्रेणी पदका लागि ३४ हजार ७३० तथा राजपत्र अनंकित द्वितीय श्रेणीका लागि ३२ हजार ९०२ रुपैयाँ मासिक तलब तोकिएको छ । स्थलगत तथ्यांक संकलन र सुपरिवेक्षणका लागि कार्यालयले करारमा कर्मचारी भर्ना गर्न लागेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img