spot_img

रास्वपा देखि झस्किएका एमाले र नेकपाःचुनावी तालमेल गर्न एमालेको अपिलमा प्रचण्ड सकारात्मक हुँदा अन्य दलले गरे ठाडै अस्वीकार

spot_img

नयाँ राजनीतिक शक्तिहरूको दबाब बढ्दै गएपछि नेकपा एमालेले आफ्ना मुख्य नेताहरू जोगाउन निश्चित क्षेत्रहरूमा चुनावी तालमेल गर्ने नीति लिएको छ ।केन्द्रीय मुख्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् एमालेले चुनावी तालमेलका निम्ति दलहरुसँग सम्वाद भइरहेको जानकारी दिएको हो ।‘कतिपय निर्वाचन क्षेत्रहरुमा हाम्रो सहकार्य हुन सक्छ र त्यो कुराहरु चलि पनि रहेको छ विभिन्न दलहरुसँग..,’ उपाध्यक्ष रामबहादुर थापा बादलले भने, ‘२१ गते भन्दा अगाडिसम्म सहकार्यका निम्ति सबै पक्षहरुसँग प्रयत्न जारी रहन्छ, र अन्तिम समयमा ती ठाउँहरुमा सहकार्य हुन सक्छ ।’

देश जनाउनेहरुका विरुद्ध दलहरुले सहकार्य गर्नुपर्ने आवश्यकता रहेको तर्क उनले गरेका छन् । ‘देश जलाउनेहरुका विरुद्ध जाने राजनीतिक दलहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने पार्टीको नीति छ,’ बादलले भनेका छन्, ‘..निश्चित क्षेत्रहरुमा वीनवीनको नीति अनुसार सहकार्य हुन सक्छ ।’ उपाध्यक्ष बादललाई एमालेले निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ । संयोजककै हैसियतमा चुनावी गतिविधिबारे जानकारी दिँदै बादलले मतदानको अन्तिम समयसम्म तालमेलबारे निर्णय हुन सक्ने बताएका हुन् । बादलले जानकारी दिनुअघि नै पार्टीको लेटरप्याडमै वक्तव्य जारी गरेर एमालेले तालमेलको प्रयासबारे जानकारी दिएको थियो ।

गगन थापाको नेतृत्वमा पुनगर्ठित नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने घोषणा गरिसकेको छ । पार्टी सभापति चयन भइरहँदा नै थापाले चुनाव अघि कसैसँग गठबन्धन नगर्ने र देशभरका कांग्रेसले रुख चिन्हमा मतदान गर्न पाउने व्यवस्था मिलाउने सार्वजनिक घोषणा गरेका थिए । थापाले कसैसँग कुनै किसिमको तालमेल संभव नरहेको प्रष्ट पारेका छन् । ‘म कांग्रेस सभापतिको हैसियतले स्पष्ट भन्दैछु– नो, नट एट अल ! कुनै पनि तहको नेताले कहिँ कतै त्यस्तो सम्झौता गरेको पाइएमा त्यो कारबाहीको विषय बन्छ । यो पटक १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्छ । कसको क्षेत्रमा के होला भनेर कसैले अलमलिनु पर्दैन,’ थापाले भनेका छन् ।

थापाले आफू सभापति निर्वाचित भएर आएपछि नेपालमा असफल सावित चुनाव अघि गरिने गठबन्धन संस्कृति भत्किएको बताएका छन् । थापाले भन्दा चर्को स्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तालमेल अस्वीकार गरेका छन् ।‘मेरो खुला आग्रह छ– अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर,’ लामिछानेले फेसबुक पेजमा मंगलबार लेखेका छन्, ‘अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौ ।’

तालमेलबारे एमालेले सार्वजनिक गरिसकेको नीतिलाई थोरै सहयोग पुग्नेगरी अभिव्यक्ति भने नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् । प्रचण्डले सहकार्य असंभव नरहेको बताएका हुन् । ‘..राजनीतिमा असंभव भन्ने त हुँदैन, तर अहिले नै त्यस्तो (तालमेलबारे निर्णय) भइसकेको छैन,’ प्रचण्डले अन्तर्वार्तामा भनेका छन् । प्रचण्डको सार भने यसपटक तालमेल नगर्ने नै देखिन्छ । ‘यो पटक हामीले कुनै एउटा पार्टीसँग समीकरण गरेर आफ्नो ठाउँ छाड्ने सोचेका छैनौं । मैले अघि नै भने– हामी १६४ ठाउँमा आफ्नै उम्मेदवार उठाएर अगाडि बढिसकेका छौ,’ उनले भनेका छन् ।

नेताहरूका अनुसार नेकपाले संस्थागत रूपमै यसपटक एक्लै लड्ने निर्णय गरिसकेकाले अब तालमेलको सम्भावना न्यून छ । ‘तारामा आकाशमा मात्रै रहन्छ भने पनि त्यो सहन तयार हुनुपर्छ, तर कसैसँग तालमेल हुँदैन भन्ने नै दबाव पार्टीभित्र ठूलो छ,’ नेकपाका एक नेता भन्छन्, ‘संयोजक र सहसंयोजकले चाहे भने पनि अब पार्टीको निर्णय उल्ट्याउन गाह्रो छ ।’

अर्थात् एमालेसँग स्थानीय स्तरमा तालमेल गर्न तयार दल अहिलेसम्म प्रलोपा मात्र देखिएको छ । प्रलोपासँग एमालेले हुम्ला र जुम्ला बाहेकका कर्णाली प्रदेशका जिल्लाहरूमा तालमेल गर्ने निर्णय गरिसकेको छ । यो तालमेलबाट प्रलोपाका जनार्दन शर्मा, एमाले महासचिव शंकर पोखरेल लगायतलाई लाभ पुग्न सक्ने देखिन्छ ।

अरू राजनीतिक दलहरू भने एमालेको अपिल स्वीकारेर तालमेल गर्न अहिलेसम्म तयार देखिँदैनन् । तर एमाले उपाध्यक्ष बादलले भने पुराना दलहरुलाई सिध्याउने षडयन्त्र चिर्न पनि तालमेल आवश्यक रहेको तर्क गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img