spot_img

 प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

spot_img

काठमाडौं, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ। प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्री ओलीबिच आज बिहान आगामी निर्वाचन र समसामयिक विषयमा छलफल भएको स्रोतको भनाई छ।

यस अगाडि प्रधानमन्त्रीसहित राजनीतिक दल, निर्वाचन आयोगसँगको छलफलमा एमालेले मौसमका कारण फागुनमा निर्वाचन प्रतिकूल हुने र निर्वाचन सार्नुपर्ने, संसद पुनस्र्थापनाको विषयमा अदालतले निर्णय गरेपछि मात्र निर्वाचनको विषय अगाडि बढाउनुपर्ने एजेन्डा अगाडि सार्दै आएको थियो। तर सरकार र आयोगले निर्वाचन नसर्ने अडान लिएका थिए।

सरकारसँग एमाले तिब्र असन्तुष्ट रहिरहेको समयमा भएको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ। मंगलबार प्रधानमन्त्री कार्कीले मंगलबार मौसमको कारण निर्वाचन दुई चरणमा हुनसक्ने अभिव्यक्ति दिएलगत्तै एमालेले त्यसको प्रतिवाद गरेको छ। बुधबार एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा आसन्न प्रतिनिधिसभाको निर्वाचन एकै चरण हुनुपर्ने बताएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले मिति सारेर भएपनि एकै चरणमा निर्वाचन हुनुपर्ने टिप्पणी गरेका थिए।

कार्की र ओलीबीच थप के–के विषयमा छलफल भयो सार्वजनिक हुन बाँकी रहेको छ।यसैबीच एमाले उपाध्यक्ष एवम् निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा ’बादल’ले प्रायोजित ढंगबाट गठन भएको सरकारले मौसमको बहानामा निर्वाचन सार्न खोजेकोभन्दै आपत्ति जनाएका थिए। ‘अहिलेको सरकार निर्वाचन सार्ने र नगर्ने बहाना खोज्दैछ। प्रधानमन्त्री सुशिला कार्कीको अभिव्यक्तिले त्यो देखाइरहेको छ। एमालेले त अहिलेको सरकारले चुनाव गराउँदैन भनिरहेका नै थियौं। अहिले हिमपात र मौसमको बहानामा दुई चरणमा गर्ने सरकारले भनिरहेका छन्।’ बादलले भने, ‘सार्नको पछाडि यो अवैध सरकार हो, प्रायोजित ढंगले गठन गरिएको हो। सरकारले पुराना स्थापित पार्टी र दलका नेतालाई सखाप पार्ने र नयाँ पार्टीका नाममा देश जलाउनेलाई
स्थापित गर्ने मिसन दिइएको थियो। तर त्यो पूरा नहुने देखिएपछि मौसम र हिमपातको बहानामा चुनाव सार्ने षडयन्त्र भइरहेको छ।’

यता नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि विशेष परिस्थितिमा हुन लागेको निर्वाचन एकैचरणमा गर्न सरकारलाई सुझाव दिएका छन्।प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। अहिले दलका उम्मेदवार मत माग्न व्यस्त छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img