spot_img

आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपरोस्, प्रत्येक देशवासीले शान्तिसँग बाँच्न पाउन्ःप्रधानमन्त्री कार्की

spot_img

प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र स्थापित गर्ने मात्र नभई लोकतन्त्रको बाटोमा हिँड्नुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा उनले जनताको र युवाको चाहनाबमोजिम काम गरेर देखाउनुपर्ने बताइन् ।उनले भनिन्,२००७ सालदेखि जेनजी आन्दोलन कतिले ज्यान गुमाउनुप¥यो ? कति पटक आन्दोलन गर्नुप¥यो ? त्यसको स्मरण गरौँ । ती सहिदहरूको सम्मान गरौँ । तिनको बलिदानीलाई सम्झौँ र उहाँहरूको सपनालाई वास्तवमै साकार पार्न लागौँ ।

आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपर्ने गरी काम गर्नुपर्ने बताइन् । उनले भनिन्,एउटा प्रण गरौँ, अठोट गरौँ– आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपरोस् । प्रत्येक देशवासीले शान्तिसँग बाँच्न पाउन् । अबको बाटो शान्तितिर होस् । शान्ति भए मात्र देशमा विकास हुन्छ । सबै जातजाति, धर्म, संस्कृति, वर्ग र समुदायबिच एकता र सहयोगको भावना होस् ।सबैभन्दा माथि एकता र मानवता हुनुपर्ने उनले बताइन् ।

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img