ललितपुर क्षेत्र नम्वर –२ उपत्यकाको ठूलै मताधार भएको निर्वाचन क्षेत्र हो। यहाँ ८९ हजार ८२ मतदाता रहेका छन् । हाल ७ जना स्वतन्त्र सहित २३ जना उम्मेदवार मैदानमा छन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ललितपुर–२ को समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको थियो। रास्वपाले ११ हजार ८९५ मत ल्याएको थियो। दोस्रो भएको एमालेले ११, ८५, नेपाली कांग्रेसले ९ हजार २५२, राप्रपाल् ७ हजार ६९५ र हाम्रो नेपाली पार्टीले ४ हजार ४३ मत पाएका थिए। माओवादी केन्द्रले १ हजार ८७८, नेपाल मजदुर किसान पार्टीले १ हजार ८३६ र एकीकृत समाजवादीले १ हजार ५७८ मत पाएको थियो।
अहिले एमालेले पहिले कै सांसद प्रेम महर्जनलाई उम्मेदवार बनाएको छ। २०७८ सालमा नेकपा एमाले विभाजन हुँदा उनी एकीकृत समाजवादीतिर लागेको थिए। बीचमा एमाले नै फर्किएका उनलाई २०७९ काे निर्वाचनमा निर्वाचित भएका थिए।पार्टीको सांगठनिक आधारसमेत बलियो भएकाले महर्जनले नतिजा दोहो¥याउन सक्ने आकलन एमालेले गरेको छ।
नेपाली कांग्रेसले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ। उम्मेदवारका हिसाबले उनी नयाँ अनुहार भने होइनन्। उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा ललितपुर–२ (२) बाट उम्मेदवार भइ पराजित भएका थिए। ललितपुर महानगरपालिकाका वडाभित्र नेपाली कांग्रेसको सुदृढ संगठन छ। महानगर प्रमुख चिरिबाबु महर्जनको सकारात्मक छाप र नेपाली कांग्रेसको परम्परागत भोट रहेकाले त्यहाँ जित्न कठिन नहुने नेपाली कांग्रेसको विश्लेषण देखिन्छ।
नेपाली कम्युनिस्ट पार्टीले ललितपुर–२ मा राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ। श्रमिकहरूकाे बलमा उठेका नेता रानेन्द्र अमात्यकाे बलियाे दावेदारी प्रस्तुत गर्ने देखिन्छ। पर्यटन पुराना हस्तकला र टेक्सटाइल उद्याेगकाे विकास,राेजगारी मुख्य मुद्दाहरू उठाएका छन्। रास्वपाका जगदिश देखि अन्यलाइ ठुलाे चुनाैंती अमात्य पनि नवीन अनुहार हुन्। त्यस भेगमा माओवादी, एकीकृत समाजवादी दुवैको पुरानो मताधार पनि रहेकाले अहिले नेकपा जितको आशामा देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई उम्मेदवार बनाएको छ। सञ्चारकर्म हुँदै सञ्चारमन्त्रीको कुर्सीमा पुगेका खरेल राजनीतिकर्मीका हिसाबले नवीन हुन्। दोलखा निवासी खरेल राष्ट्रिय स्वतन्त्र पार्टीको फैलँदो प्रभाव, नयाँ मतदाताको रूझान र सहरी क्षेत्रमा मत बदल्ने बदलिँदो चरित्रका कारण परिणाम आफ्नो पक्षमा पर्छ कि भन्ने उनको सोचाइ देखिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले रघुवर थापालाई उम्मेदवार बनाएको छ। उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार उम्मेदवार बनेका छन्। खोला मापदण्डविरूद्ध अभियान चलाइरहेका तण्डुकार स्थानीयहरूबीच परिचय विस्तारको क्रममा छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारहरू पनि इतिहास रच्ने दाउमा देखिन्छन् । अव कसले बाजी मार्ने हाे त्याे जान्न चुनावी नतिजा कुर्नै पर्ने हुन्छ।