spot_img

चुनावी प्रचार अभियानमा हाेमिए शीर्ष दलका प्रमुख नेताहरूःकाे कहाँ के गर्दैछन् ?

spot_img

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै शीर्ष नेताहरू देश दौडाहामा छन् । कांग्रेस सभापति गगन थापा शुक्रबार पोखरा पुगेर काठमाडौं फर्किएका छन् । एमाले अध्यक्ष केपी ओली झापा, रास्वपा सभापति रवि लामिछाने चितवन र उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ महोत्तरी पुगेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने काठमाडौंकै चुनावी कार्यक्रममा व्यस्त छन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन भने पूर्वी नेपालबाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक हुँदै शुक्रबार मात्र काठमाडौं फर्किएका छन् । २१ फागुनमा हुने चुनावमा थापा सर्लाही ४ बाट उम्मेदवार छन् । ओली र बालेन झापा ५ बाट प्रतिस्पर्धा गर्दै छन् भने प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्दै छन् । त्यस्तै, रवि चितवन २ र घिसिङ काठमाडौं ३ मा उम्मेदवार छन् ।

पोखरामा गगनले भने– कांग्रेसले देश सम्हाल्छ र सुधार्छ
कांग्रेस सभापति गगनकुमार थापाले ‘कांग्रेसले देश सम्हाल्छ र सुधार गर्छ’ भन्ने सन्देश लिएर घरदैलो गर्न पार्टीका नेता, कार्यकर्ता र उम्मेदवारलाई निर्देशन दिएका छन् । पार्टीको गण्डकी प्रदेश कार्यसमिति बैठकका लागि शुक्रबार पोखरा पुगेका थापाले कांग्रेस बदलिएर आएको र बदलिएर आएको कांग्रेसले देशलाई बदल्ने दाबी गरे । ‘हामी आफ्नो तागत, हामीसँग भएको तागतलाई सम्झौँ बुझौँ । तल्लो तहसम्म जाऔँ र गएर भनौँ हामी देश सम्हाल्छौँ पनि हामी व्यवस्थालाई सुधार्छौँ पनि । हामी बदलिएर आएका छौँ,’ उनले भने, ‘बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ पनि । यही विश्वास लिएर तल्लो तहसम्म तपाईंहरू तल्लो तहमा जानुहुन्छ भन्ने विश्वास छ ।’

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अबको सरकार कांग्रेसको मात्र नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताए । ‘मैले साथीहरूलाई भनेको छु मधेशमा जाँदै गर्दा अब कि बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस्, नारै लगाउने भए अब कि बार सय पार भनेर नारा लगाउनुस्,’ उनले भने, ‘त्यहाँ पु¥याउने हो यसपालि । मज्जाले जाने हो । सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’

झापामा ओलीले भने– नाति पुस्ताले राजनीतिमा लाग्नु नराम्रो होइन
एमाले अध्यक्ष केपी ओलीले नातिहरूको पुस्ताले राजनीतिमा लाग्छु भन्दा नराम्रो मान्नुपर्ने कुरा नरहेको बताएका छन् । चुनावी अभियानका क्रममा शुक्रबार आफ्नो निर्वाचन क्षेत्र झापा ५ पुगेका ओलीले प्रतिस्पर्धीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै यस्तो बताएका हुन् । ‘चुनावमा भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, खुसी लाग्छ नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’

नेकपा सबैभन्दा नयाँ हो ः प्रचण्ड
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूभन्दा नयाँ अरू कोही नभएको दाबी गरेका छन् । आफूहरू गणतन्त्र र संघीयताको वाहक रहेको र नेकपा नै सबैभन्दा नयाँ दल भएको शुक्रबार जडीबुटीमा नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बताए । सामाजिक सञ्जालमा नयाँको नाममा होहल्ला गर्ने गरिएको भन्दै प्रचण्डले भने, ‘नेपालमा हामीभन्दा नयाँ कोही पनि छैन । नेपाली कम्युनिस्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा नयाँ हो । किनकि यो गणतन्त्र र संघीयताको वाहक हो ।’

प्रचण्डले अर्को कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नभएको बताए । पार्टीको निर्वाचन परामर्श कार्यक्रममा सहभागी हुने क्रममा शुक्रबार सञ्चारकर्मीले झापा ५ मा गठबन्धन हुन लागेको हो भन्दै प्रश्न सोधेका थिए । जवाफमा उनले गलत प्रचार भएको भन्दै कतै पनि त्यस्तो गठबन्धनको सम्भावना नभएको बताए । ‘अहिलेसम्म कसैसँग गठबन्धन भएको छैन । बाहिर गलत समाचार आएका छन्, ती सत्य छैनन् भन्ने प्रस्ट पार्न चाहन्छु,’ प्रचण्डले भने ।

केही दिनअघि एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डबिच गठबन्धनका विषयमा छलफल भएको समाचार बाहिर आएको थियो । तर, उनले ती सबै हल्ला भएको भन्दै खण्डन गरे ।

चियापसलबाट रविको चुनावी अभियान सुरु
रास्वपा सभापति रवि लामिछानेले आगामी २१ फागुनमा हुने चुनावबाट रास्वपाले कम्तीमा पनि बहुमतको सरकार बनाउने जनमत प्राप्त गर्नुपर्ने बताएका छन् । चितवन २ का उम्मेदवार रहेका लामिछानेले शुक्रबार नारायणगढको बालकुमारी चोकस्थित चियापसलबाट चुनावी अभियान सुरु गर्दै यस्तो बताएका हुन् । ‘यो निर्वाचनमा रास्वपाले कम्तीमा पनि आफ्नै बहुमतको सरकार बनाउनुपर्नेछ । नत्र इतिहासले दिएको अवसर खेर जानेछ,’ उनले भने, ‘अन्यायमा परेर न्याय खोज्न आएको मान्छेलाई चितवनले इतिहास कोर्ने बाटोमा पु¥याइदिएको छ । चितवनवासीसँग गरेको बाचा पूरा गर्न फेरि आएको छु ।’ चितवनले नीलो क्रान्तिलाई निष्कर्षमा पु¥याउन आफूलाई देशव्यापी रूपमा फैलाउन जान दिन पनि उनले बताए । उनले ०७९ को चुनावमा पनि यही स्थानबाट चुनावी भेटघाट सुरु गरेका थिए । चितवन २ का उम्मेदवार उनी बिहीबार चितवन पुगेका थिए ।

प्रदेशमा विकासको लहर ल्याएर देखाउँछौँ ः घिसिङ
उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई विश्वास गर्न आह्वान गरेका छन् । शुक्रबार महोत्तरी सदरमुकाम जलेश्वर पुगेका उनले दुर्गा चोकबाट सम्बोधन गर्दै आफूहरूले आश्वासन बाँड्ने नभई काम गरेर देखाउने र अबको विकास उज्यालोबाट मात्र सम्भव भएको दाबी गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img