पछिल्लो समय बैंकमा तरलता बढेसँगै ब्याजदरमा आएको गिरावटले नेपाल टेलिकमको नाफामा कमी आएको छ । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपबाट प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको प्रथम त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा घट्न जाँदा ब्याज आम्दानीमात्रै २० करोड ७४ लाखले कम भएको छ ।
टेलिकमका अनुसार चालू आर्थिक वर्ष (२०७७(७८) को दोस्रो त्रैमासमा नाफा घट्नुमा कोभिडका कारण विश्वव्यापी रूपमा व्यवसायमा आएको कमी मुख्य कारण हो भने ब्याज आम्दानीमा कमी दोस्रो कारण हो । कोभिड महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकको सुविधाका लागि कम मूल्यमा डेटा प्याकेज उपलव्ध गरिएको हुँदा जीएसएम सेवातर्फ अघिल्लो आवको प्रथम त्रैमासिकको तुलनामा डेटा खपत बढे पनि राजस्वमा आएको कमी आएको जनाइएको छ । कोभिड महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट तथा ओटीटीमा बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा गिरावट आएको टेलिकमले जनाएको छ ।
कम्पनीले वाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मतसम्भार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहीदरमा आएको परिवर्तनजस्ता कारणले व्ययभार बढ्न गइ मुनाफामा असर परेको जनाएको छ । चालू आवको प्रथम त्रैमासिकमा कूल सेवावापतको आय ८ अर्ब ६३ कोड ५३ लाख रहेकोमा चालू आवको द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा ४५ करोड ४२ लाख रुपैयाँले बृद्धि भइ ९ अर्ब ८ करोड ९५ लाख रुपैयाँ रहेको छ । कूल सेवा वापतको आय ८ अर्ब ९९ करोड ८७ लख रहेकोमा चालू आवको द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा ९० करोड ८४ लाखले वृद्धि भइ भई ९ अर्ब ८ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
चालू वर्षको प्रथम त्रैमासिकमा खुद मुनाफा १ डेढ अर्ब रहेकोमा दोस्रो त्रैमासमा खुद मुनाफा २५ करोड ३८ लाखले वृद्धि भई १ अर्ब ७७ करोड १६ लाख रुपैयाँ रहेको छ ।
गत आवको द्वितीय त्रैमासिक सम्ममा कूल सेवावापत आय १८ अर्ब ३ करोड ९५ लाख रहेकोमा चालू आवको सोही अवधिमा कूल सेवावापत आयमा १.७४ प्रतिशतले कमी आई १७ अर्ब ७२ करोड ४९ लाख रहेको छ ।