काठमाडौं,बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले ठगुन्नालाई भारतको बैंग्लोरबाट पक्राउ गरेको हो ।ठगुन्नालाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेनद्रनगर सुर्खेत पठाइएको हो ।
उनीविरुद्ध जाजरकोटकी एक युवतीले बलात्कारा आरोपमा जाहेरी दिएकी थिइन् । उनी गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा ठगुन्नामाथि कारबाहीको माग गर्दै अनशनमा बसिरहेकी थिइन् ।
भुपेन्द्र दार्चुला नौगाड गाउँपालिका वडा नं. २ सुन्डमुन्ड घर भई काठमाण्डौं रामशाहपथ बस्दै आएका थिए ।उनीविरुद्ध जिल्ला अदालत, सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । सो क्रममा प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरेको हो ।
२५ मंसिर २०८० मा उनले भुपेन्द्र सिंह ठगुन्नाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् ।त्यतिबेला प्रहरी कर्मचारी रहेका ठगुन्ना निलम्बित भए र जिल्ला अदालतले उनलाई २ लाख ५ हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
गत जेठमा आफूमाथि पुनः जबरजस्ती करणी भएको भन्दै उनले ७ असोजमा जाहेरी दिइन् । प्रहरीले १० असोजमा मुद्दा दर्ता गरी जबरजस्ती करणीसहितको अनुसन्धान सुरु ग¥यो ।
मुद्दा दर्ता हुँदासम्म उनी करिब तीन महिनाको गर्भवती भइसकेकी थिइन् ।यसैबीच, सर्वोच्च अदालतबाट ताप्लेजुङ सरुवा भएका ठगुन्ना २१ साउनदेखि कार्यालयमा हाजिर हुन नगएपछि कोशी प्रदेश प्रहरी कार्यालयले १४ कात्तिकमा उनलाई सेवाबाट हटाएको थियो ।भुपेन्द्र हाजिर नभएकोले सेवाबाट हटाइएको थियो ।