spot_img

मतदातालाई प्रभावित पार्ने कार्य नगर्न काठमाडौं निर्वाचन कार्यालयले गरायो सचेत

spot_img

काठमाडौं, जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सचेत गराएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहित उल्लंघन हुने कार्य नगर्न निर्वाचन कार्यालयले सचेत गराएको हो ।

त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघि मात्रै निर्वाचन प्रचार प्रसार गर्न पाउने व्यवस्थाप्रति पनि ध्यान दिन कार्यालयले भनेको छ ।उक्त अवधिभन्दा अघि कुनै पनि जुलुस, आमसभा वा कोणसभा र घरदैलो पनि नगर्न आग्रह गरिएको छ ।मतदातालाई प्रभावित पार्ने यस्ता कार्य गरिएको खण्डमा कानून अनुसार कारबाही गरिने पनि बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img