रूपक कुलाल,डाेल्पा
प्रतिनिधिसभा निर्वाचन २१ फागुन लागि देशैभर चुनावी सरगमि बढेको छ। विभिन्न राजनीतिक दलहरू उम्मेदवारी दर्ता गरेर प्रचारको मैदानमा होमिएका छन्। यस्तै हिमाली जिल्ला डोल्पामा चुनावी सरगमि बढेको छ। १ सिटका लागि मनोनयन दर्ता गराएका ८ राजनीतिक दल र १ स्वतन्त्र गरि ९ जनाको उम्मेदवारी दर्ता भएको थियो। जसमा २ जना उम्मेदवारले कांग्रेसलाइ समर्थन गरेका छन्,प्रलाेपा र एमालेविच चुनावी तालमेल हुने संकेत छ। अन्य ७ जना चुनावी मैदानमा छन्। नेकपा एमालेबाट लंकबहादुर रोकाय,नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर बुढा, नेपाली काग्रेसबाट कर्णबहादुर बुढा,उज्यालो नेपाल पार्टीबाट दिलबहादुर विष्ट,त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा,रास्वपाबाट देवसिंह ऐडी, राप्रपाबाट हरिप्रसाद डाँगी र स्वतन्त्रबाट ओमेन्द्रबहादुर केसी र मितेरी नेपाल पार्टीबाट जुनु भण्डारीले उम्मेदवारी दर्ता गराएका थिए।
कुनैपनि हालतमा नयाँ अनुहार जिताउने मनसायमा यसपटक डाेल्पाली जनता
हाल नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर बुढालाइ ३ पटक चुनाव जिताएका डाेल्पाली जनता एसपटक नयाँ अनुहारलाइ जिताउने मनसायमा देखिन्छन्। १५ वर्ष जिल्लाकाे नेतृत्व संसद देखि जिल्लासम्म विकासका सवालमा उनले राम्राे काम गर्न नसकेकाे जनताकाे बुझाइ छ। उनीले राप्रपा हुँदै राजनीति शुरू गरेका थिए।एमाले हुँदै एकिकृत समाजवादीबाट हाल नेकपा पुगेका छन्। जिल्लाकाे विकास भन्दा आफ्नाे स्वार्थ अनुकुल हरेक चुनावमा पार्टी फेर्दै हिड्ने र व्यक्तिवादी कार्यकर्तामुखि विकास हाल्नाले उनी प्रति जिल्लामा जनताहरू असन्तुष्ट छन्। १५ वर्षसम्म उनले आफुले गरेकाे विकास याे हाे भनेर जिल्लामा देखाउने खालकाे कुनै विकास छैन। जिल्ला सदरमुकाम देखि गाउँगाउँसम्म बत्ति छैन,स्वास्थ्य,शिक्षा हालत उस्तै छ। बेराेजगारी पनि ब्याप्त छ। जिल्लाकाे विकास गर्न नसक्नु र आफ्नै गाउँमा बाटाे पुर्याउन नसक्नाले उनीमाथि चुनावी नारा र मुद्दाहरू पनि कमजाेर बन्दै गएका छन्।
यसाे त इतिहास हेर्दा उनी पार्टी परिवर्तन गर्दै हिड्ने अवसरवादी अस्थिर राजनीतिक पात्रका रूपमा चिनिन्छन्। हरेक चुनावमा उनकाे मत घट्दै गएकाे छ। उनकाे प्रभाव रहेकाे उपल्लाे डाेल्पा क्षेत्रमा पनि प्रभाव घट्नाले राजनीति पहिले जस्ताे छैन। उनी पेशाले निर्माण व्यवसायी भएकाले चुनावमा कराेडाैँ कराेड पैसा खर्च गर्ने दाउले पनि उनकाे आलाेचना जिल्लामा ब्यापक हुँदै गएकाे छ। पूर्व माओवादी भित्रकाे असन्तुष्टि र बागी उम्मेदवारले उनलाइ थप कमजाेर बनाएकाे छ।
अहिले जनताले कांग्रेस र एमालेमा जस्ले जित्ने संभावना हुन्छ पार्टी नभनेर मतहाल्ने सामाजिक संजाल देखि गाउँगाउँ यहि विषयकाे चर्चा छ। नेतृत्व भएपनि परिवर्तन गर्ने मनसायमा डाेल्पाली जनता छन्।
प्रमुख दल देखि सबैकाे ध्यान काइके र उपल्लाे भेगमा
चुनावी सर्गमीसँगै पहिले पहिलेका चुनावमा काइके देखि उपल्लाे भेगमा खासै अन्य दलकाे प्रचार प्रसार र चासाे हुने गरेकाे थिएन। अहिले कांग्रेस र एमालेले व्यापक घरदैलाे अभियान काइकेमै केन्द्रीत गरेकाे देखिन्छ। पहिले याे भेगमा एकछापे जस्ताे पुरानाे एमाले हाल नेकपाका उम्मेदवार बनेका धनवहादुर बुढालाइ जाने गर्दथ्याे। याे ठाउँमा बुथ कब्जा देखि अधिकांस स्थानमा वासिर भाेट हाल्ने गरेकाे अन्य दलले बताउँदै आएका छन्। त्यसैले अहिले याे जालाे ताेड्ने अभियानमा ठुला दल लागेका छन्। यति मात्रै नभएर यस पालिका तिर गाउँमा नभएका मान्छे,मृत्यु भएका मान्छेहरूकाे पनि भाेट हाल्ने गरेकाे अन्य दलले यसपालि कडाइ हुनुपर्ने माग गर्दै आएका छन्।
त्यसाे त काइकेमा चुनावकाे केन्द्र बन्नुकाे मुख्य कारण हाे एकै घरका दुइ दाजुभाइ कर्ण र धनबहादुरकाे चुनावी आक्रमक लडाँइ,एमालेका प्रदेश मन्त्री शेरबहादुर बुढा रहेकाेले पनि सबैकाे ध्यान केन्द्रीत भएकाे देखिन्छ। पहिलेका चुनावमा विभिन्न पार्टीमा जनता बाँडेर राख्ने र चुनावमा पार्टी नभनेर व्यक्ति अनुकुल प्रयाेग गर्ने गर्थे तर अहिले समय बदलिएकाे छ। कम्तीमा पार्टीका सैदान्तीक मत ल्याउने कर्ण बुढा र शेरबहादुर बुढालाइ गलपासाे छ। यदि मत ल्याउन नसके दुवैलाइ पार्टीकाे पद र नैतिताका आधारमा राजीनामा दिनुपर्ने अवस्था छ भने पार्टीले पनि कडा काह्रवाहीकाे चेतावनी दिइसकेकाे छ। सबै बस्तुस्थिति हेर्दा काइके सहित उपल्लाे भेगकाे मत बाँढीने अवस्था छ।
डोल्पामा हालसम्म हेर्दा कुन दल अनि उम्मेदवारको प्रचारप्रसार र घरदैलो अभियान कस्तो छ त?
प्रचारप्रसार र घरदैलो अभियानमा सबैभन्दा अग्रपंक्तिमा आक्रमण ढंगले कांग्रेस पार्टी लागेको देखिएको छ। कांग्रेसका उम्मेदवार कर्ण बहादुर बुढाले २ वटा उम्मेदवारलाई समर्थनमा ल्याउनुका साथै हिमपातको कठिन मौसममा पनि प्रचारप्रसार र घरदैलो जारी राखेका छन्। उनले सबैभन्दा कठिन मानीएको काइके गाउँपालिका घरदैलो अभियान सकेर उपल्लाे डाेल्पामा हिमपातकाे चुनाैंतीका कारण तल्लाे डाेल्पातिर केन्द्रीत गरेका छन्। काइकेमा इतिहास हेर्दा पछील्ला केही चुनावमा कुनैपनी पार्टीले खुलेर प्रचारप्रसार गरेको इतिहास थिएन। उनले यसकाे शुरूवात गरेका छन्।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले घरदैलाे अभियानकाे खासै शुरूवात नै गरेका छैनन्। केहि दिन पार्टी प्रवेश कार्यक्रम गरेर शहरतिर उपल्लाे डाेल्पाका नेता फकाउन व्यस्त छन् उनी। उनले पुरानो आफ्नो दल एमालेबाट ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाबाट मात्रै सयौं नेता कार्यकर्तालाई प्रवेश गराएर सबैलाई सबैको ध्यान केन्द्रीत गराएका छन्। उनी एमालेलाइ कमजोर बनाउन निकै सक्रिय देखिन्छन्। ठुलो धक्का दिने समेत पार्टी प्रवेश कार्यक्रमले देखाएकाे थियाे।
यस्मा रोचक कुरा त के छ भने कांग्रेस र नेकपाका उम्मेदवार सहोदर दाजुभाइ हुन् । ऊनीहरु मिलेर चुनाव लड्ने धेरैको आसन्का थियो तर दुबैको गतिविधिले तत्काललाई त्यो आसंकालाइ गलत साबित गरेको छ। भने दाइ कर्ण बुढाले सार्वजनिक मिडियामै जिल्लामा ब्यापार बेतिथी,भ्रष्टाचार मौलाएको र भाइले ३ पटक जितेर बिकास केहि पनि गर्न नसेकेकाे आरोप लगाउँदै आफू मैदानमा उत्रिएकोले चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन्।
अर्को दल नेकपा एमाले पार्टीका उम्मेदवार उम्मेदवार लंक रोकायाले तल्लाे डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा घरदैलाे सकेका थिए। जिल्ला पार्टीकाे बैठक लगत्तै एकालेकाे जम्बाे टाेलि काइके तिर हिनेकाे र व्यापक घरदैलाे अभियान शुरू गरेकाे पार्टीका नेताहरूले जनाएका छन्।
स्वतन्त्र उम्मेदवार ओमेन्द्र केसी पत्रकार सम्मेलन गरेर घोषणा पत्र पनि सबैभन्दा पहिले सार्वजनिक गरेर प्रचारप्रसारमा लागेका छन्। राप्रपाबाट हरिप्रसाद डाँगी चुनाव प्रचार प्रसार तथा घरदैलो गर्न व्यस्त छन्। अन्य केहि उम्मेदवार अन्यौलमै देखिन्छन् उनीहरूकाे घरदैलाे अभियान देखिएकाे छैन। बाँकी कसले जित्छ याे नतिजाका लागि चुनावसम्म कुर्नै पर्ने हुन्छ।