spot_img

टी–२० विश्वकप २०२६ःइंग्ल्याण्डसँग पहिलोपटक भिड्दै नेपाल,यस्ताे छ दुवैटाेलिकाे रिपाेर्ट,नेपालबाट कस कसले गर्दै छन् डेब्यु

spot_img

टी–२० विश्वकप २०२६ को दोस्रो दिन अर्थात् आइतबार क्रिकेट प्रेमीहरूले एउटा रोमाञ्चक खेल हेर्न पाउनेछन्। सन् २०२२ को च्याम्पियन इंग्ल्याण्डले नेपालविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ। मुम्बईको वानखेडे स्टेडियममा ३ः१५ बजे सुरु हुने यो खेल प्रतियोगिताको पाँचौँ खेल हो। क्रिकेट इतिहासमा इंग्ल्याण्ड र नेपालको टोली टी–२० अन्तर्राष्ट्रिय खेलमा आमने–सामने हुन लागेको यो पहिलो पटक हो।

सन् २०२४ पछि इंग्ल्याण्डका शीर्ष खेलाडीहरू

जोस बटलरः इंग्ल्याण्डका सबैभन्दा सफल ब्याट्सम्यानमध्ये एक हुन् । बटलरले १४७ खेलमा ३९५० रन बनाएका छन्। उनको स्ट्राइक रेट १४८.६६ छ, जसमा १ शतक र २८ अर्धशतक समावेश छन्। ड्ड आदिल रसिदः बलिङ आक्रमणका मुख्य स्तम्भ हुन् । रसिदले १३७ खेलमा १५० विकेट लिएका छन्। ७.४४ को इकोनोमीले उनलाई निकै खतरनाक बलर बनाएको छ।

जोफ्रा आर्चरः चोटपटकपछि पुनरागमन गरिरहेका आर्चरको तीव्र गति नेपालका लागि ठुलो चुनौती हुनेछ। श्रीलङ्का विरुद्धको हालैको शृङ्खलामा उनले उत्कृष्ट प्रदर्शन गरेका छन्।

टोलीको वर्तमान लय

इंग्ल्याण्डः पूर्व च्याम्पियन इंग्ल्याण्ड आईसीसी वरीयतामा तेस्रो स्थानमा छ। विश्वकपको ठिक अघि टोलीले न्युजिल्याण्ड र श्रीलङ्का विरुद्धको सिरिज जितेर आफ्नो बलियो इरादा स्पष्ट पारिसकेको छ। यसपटक टोली नयाँ कप्तान ह्यारी ब्रुकको नेतृत्वमा मैदानमा उत्रिँदैछ।

 नेपालः नेपालको टोली एसिया र इस्ट–एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै यहाँसम्म आइपुगेको हो। टोलीले समूह चरण र सुपर सिक्सका सबै खेल जितेर विश्वकपका लागि छनोट भएको हो। नेपालले २०१४ को विश्वकपमा अफगानिस्तानलाई हराइसकेको छ भने विश्वकपमा अहिलेसम्म २ खेल मात्र जितेको छ।

२०२४ पछि नेपालका शीर्ष टी–२० खेलाडीहरू

दीपेन्द्र सिंह ऐरीः नेपालको सबैभन्दा ठुलो आशा हुन् । उनको नाममा ९ बलमा सबैभन्दा छिटो टी–२० अन्तर्राष्ट्रिय अर्धशतकको कीर्तिमान छ। उनले ९० खेलमा १३९.११ को स्ट्राइक रेटमा १९५६ रन बनाएका छन्। सन्दीप लामिछानेः टोलीका सबैभन्दा अनुभवी बलर। सन्दीपले ६७ खेलमा १२९ विकेट लिएका छन्, जसमा ९ रन दिएर ५ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो।

दुवै टोलीको सम्भावित प्लेइङ–११

 इंग्ल्याण्डः फिल साल्ट, जोस बटलर (विकेटकिपर), विल ज्याक्स, ह्यारी ब्रुक (कप्तान), टम ब्यान्टन, ज्याकब बेथेल, साम करन, जेमी ओभरटन, लियाम डसन, जोफ्रा आर्चर, आदिल रसिद।

नेपालः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने।

१। शेर मल्ल
गत मंसिरमा भएको दोस्रो एनपिएलमा शेरले लुम्बिनीलाई आफ्नो घातक बलिङ प्रदर्शनको सहयोगमा च्याम्पियन बनाएका थिए । एनपिएलको ५० प्रतिशत खेल सकिँदा लुम्बिनीको प्ले–अफ स्थानसमेत कठिन बनेको थियो । तर, राष्ट्रिय टोलीकै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले लगातार खेल जित्दै प्ले–अफमा स्थान बनायो । त्यसपछि तीन खेल जित्दै च्याम्पियन नै लुम्बिनी भयो । विशेषतः प्ले–अफदेखि स्पिनर शेरले आफ्नो जादुमयी स्पिन बलिङ गरी नाम चलेका विपक्षीका ब्याट्सम्यानलाई सहजै पेभेलियन पठाए । समग्रमा उनले एनपिएलमा सर्वाधिक १७ विकेट लिए । यसै प्रदर्शनले उनलाई राष्ट्रिय टोलीसम्म पुर्‍यायो । मुम्बईको पिच उनलाई नयाँ हुनेछ । बल राम्रोसँग ग्रिपमा आउँदा उनले विपक्षी ब्याट्सम्यानलाई आउट गर्न सक्छन् ।

२। लोकेश बम
लोकेशसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव छ । नेपाली राष्ट्रिय टोलीमा यसअघि नै स्थान बनाइसकेका लोकेशले विभिन्न सिरिज खेलेका छन् । ओपनर तथा विकेटकिपरसमेत रहेका उनले आवश्यकताअनुसार ब्याटिङ गर्न सक्छन् । उनी पनि एनपिएलकै प्रदर्शनका यसपटक टोलीमा समावेश भएका हुन् । एनपिएलमा लोकेश विराटनगर किंग्समा आबद्ध भएका थिए । विराटनगरले पहिलोपटक प्ले–अफ स्थान बनाउँदा लोकेशबाट ब्याट र विकेटपछाडि राम्रो साथ पायो । फेरि लोकेशले विराटनगरमा आबद्ध न्युजिल्यान्डका पूर्वखेलाडी मार्टिन गुप्तिल र दक्षिण अफ्रिकाका डु प्लेसिस र एसोसिएट राष्ट्रका चर्चित खेलाडीसँग नेट अभ्यास र प्रशिक्षण गरेको अनुभव छ । जुन उनले विश्वकपमा प्रयोग गर्न सक्छन् ।

३।नन्दन यादव
दोस्रो एनपिएलमा कर्णाली याक्सको प्रदर्शन त्यति सन्तोषजनक भएन । खेलाडी भित्र्याउन राम्रो लगानी गरेको कर्णालीले एनपिएलमा एक जित मात्र निकाल्यो । सुरुमै एनपिएलको उपाधि होडबाट बाहिरिएको कर्णालीका नन्दन भने चर्चामा रहे । बायाँहाते बलर नन्दनले एनपिएलमा आफ्नो पेस बलरबाट विपक्षीलाई आउट गरे । नन्दनको विशेषता भनेको १५–२० ओभरमा स्तरीय बलिङ गर्नु हो । नयाँभन्दा पुरानो बल राम्रोसँग प्रयोग गर्न सक्ने खुबी भएका नन्दनले मुम्बईको वानखेडेको पिचमा कस्तो प्रदर्शन गर्छन् हेर्न बाँकी छ । तर, उनले आफ्नो डेब्यु विश्वकपमा प्राप्त अवसर स्मरणीय बनाउने बताएका छन् ।

४।बसिर अहमद
धेरैलाई दोस्रो एनपिएलको कर्णाली र विराटनगरबिचको खेल याद नै होला नहोस् पनि किन रु विराटनगरले लक्ष्य पछ्याएको इनिङ्समा एक समय कमजोर थियो । अझ भनौँ विराटनगरले लगभग खेल गुमाइसकेको थियो । त्यसमा अलराउन्डर भूमिका निर्वाह गरेका बसिरले करिअरकै विस्फोटक ब्याटिङ गरी कर्णालीमाथि सनसनी जित निकाले । यसै जितका कारण विराटनगर सहजै प्ले–अफमा पुग्यो । ब्याटिङमा मात्र नभएर बलिङमा समेत उनी राम्रा छन् । प्रशिक्षक स्टुवाट लले बसिरलाई मुम्बईको पिचअनुसार सुहाउँदो अलराउन्डर हुन सक्ने कारण नै टोलीमा समावेश गरेका हुन् । उनको पनि यो पहिलो विश्वकप यात्रा हो ।

५।आरिफ शेख
घरेलु क्रिकेटमा आरिफ चलेकै ब्याट्सम्यान हुन् । कुशल भुर्तेल र आसिफ सेखले ओपनिङमा राम्रो प्रदर्शन गर्न नसकेको अवस्थामा आरिफले स्थान पाउँछन् । तर, यस्तो मौका कमै मात्र उनले प्राप्त गर्ने गरेका छन् । नेपाली टोलीबाट सन् २०१८ मै डेब्यु गरिसकेका उनले अहिलेसम्म ४५ टी–२० आई खेलेका छन् । दोस्रो एनपिएलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका कारण उनी टोलीमा फर्किएका हुन् । प्रशिक्षक स्टुवार्टले सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई छाडेर आरिफलाई समावेश गरेका हुन् । विश्वकपको अभ्यास खेलमा उनले युएईविरुद्ध ६१ रन जोड्दै आफूलाई फर्ममा आएको सन्देश दिएका छन् । आरिफ पनि पहिलो विश्वकपमा राम्रो गर्ने बताउँछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img