spot_img

प्रतिनिधिसभा निर्वाचनका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

spot_img

काठमाडाैँ, आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ १ करोड ९ लाख ६३ हजार मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म ३७ जिल्लाका ८८ वटा निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सकिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । समानुपातिकतर्फका सबै मतपत्रको छपाइ यसअघि नै सकिएको छ ।

सूचना अधिकारी घिमिरेका अनुसार छपाइ सकिएका मतपत्र फागुन ५ गतेभित्र सबै जिल्लामा ढुवानी गरिनेछ । एक÷दुई दिनमै मतपत्र पठाउने काम शुरू हुने छ ।

आयोगले चुनावका लागि केन्द्रबाट नौ प्रकारका सामग्री पठाउनेछ भने ३७ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्नेछ । सबै सामग्री माघ अन्तिमदेखि पठाउन शुरू गरी फागुन १० गतेभित्र सबै जिल्लामा पु¥याइने आयोगले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img