प्रतिनिधिसभा निर्वाचन २१ फागुन लागि देशैभर चुनावी सरगमि बढेको छ। विभिन्न राजनीतिक दलहरू उम्मेदवारी दर्ता गरेर प्रचारको मैदानमा होमिएका छन्। यस्तै हिमाली जिल्ला डोल्पामा चुनावी सरगमि बढेको छ। चुनावी सरगमि सँगै पहिले पहिलेका चुनावमा काइके देखि उपल्लाे भेगमा खासै अन्य दलकाे प्रचार प्रसार र चासाे हुने गरेकाे थिएन। अहिले कांग्रेस र एमालेले व्यापक घरदैलाे अभियान काइकेमै केन्द्रीत गरेकाे देखिन्छ।
चुनावी अभियानका क्रममा जनताले कांग्रेस-एमालेका उम्मेदवारहरूलाइ हालसम्म पनि गाउँमा गाडी नपुगेकाे भन्दै पहल गर्न र अन्य विकासमा मुद्दा उठाएका छन्। जनताले मुख्यगरी स्वतन्त्र मत हाल्ने वातावरण मिलाइन भन्दै सबैकाे माग गरेकाे दुवै पार्टीका उम्मेदवारहरूले इमान्दार खवरलाइ जानकारी दिए।जनताले यस्ताे अावाज उठाइराख्दा निर्वाचन आयोग देखि सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण जरुरी देखिन्छ।
एमालेले अहिले काइके गाउँपालिकामा झण्डा फहराउदै व्यापक चुनावी अभियान गर्दै गाउँगाउँ पुगेकाे छ। उम्मेदवार लंक रोकाया सहित पार्टीका नेता कार्यकर्ताको टोलि चुनावी प्रचारप्रसार गरिरहेको छ। जनताले बिकास भन्दा स्वतन्त्रत रुपमा मत हाल्ने ब्यवस्था गर्न माग गरेको उम्मेदवार रोकायले जानकारी दिए। अब जनताको मागलाई जिल्ला पुगेर सबै राजनीतिदलहरुसंग गम्भीर छलफल गर्ने पहिलेकै जस्तो नहुने दाबी गरे।
यस्तै कांग्रेसका सह-महामन्त्री तथा डाेल्पा प्रतिनिधिसभा उम्मेदवार कर्ण बहादुर बुढाले पनि ययाे केवल चुनावी घरदैलाे अभियान कै क्रममा काइके गाउँपालिकामा चुनावी अभियान मात्रै नभए लाेकतन्त्र स्थापना गर्ने र बेतिथि अन्त्य गर्ने अभियान भएकाे बताएका थिए। बुढाले इमान्दार खवरसँग कुरा गर्दै इतिहास देखि हालसम्म नागरिकले स्वतन्त्र रूपले भाेट हाल्न नपाएकाे भन्दै अवका चुनावमा वारिसे भाेट हाल्ने प्रथाकाे अन्त्य गर्ने र सबैलाइ राजनीतिक स्वतन्त्रता दिलाएर लाेकतन्त्र स्थापना गर्ने पनि अभियान रहेकाे बताए । उनले थपे “वारिसे भाेट हाल्न खाेजे त्याे राम्राे नहुने र आफु नसहने सबै मतदातासामु भनेकाे छु,त्यस्ताे अव हुँदैन ।
गाउँगाउँमा व्यक्तिगत याेजना ल्याउने काम नगर्ने देखिने गरि विकास नै नभएकाे भन्दै अव त्यस्ता बेतिथि पनि अन्त्य गर्ने दावी गर्दै जनता सामु पनि इनै बाचा गरेकाे दावी गरे । राजनीतिक स्वतन्त्रताले मात्रै विकास सम्भव भएकाेले यसपटक पालिकाका जनताले राम्राे मत दिनेमा आफु ढुक्क रहेकाे उनकाे भनाइ छ।
इतिहासमा धेरै नेताहरु नेतृत्वमा पुगेपनी यो पालिकामा हालसम्म करोडौं करोड बजेट पर्दा पनि मोटरबाटो पुग्न सकेको छैन। सदरमुकाम नजिकै भएर पनि मुल बिकासबाट टाढा रहेको काइके कै नयाँ उम्मेदवार गाउँ गाउँको प्रचारप्रसारले जनतामा नयाँ उत्साहित बनाएकाे छ।
पहिले याे भेगमा एकछापे जस्ताे पुरानाे एमाले हाल नेकपाका उम्मेदवार बनेका धनवहादुर बुढालाइ जाने गर्दथ्याे। याे ठाउँमा बुथ कब्जा देखि अधिकांस स्थानमा वासिर भाेट हाल्ने गरेकाे अन्य दलले बताउँदै आएका छन्। त्यसैले अहिले याे जालाे ताेड्ने अभियानमा ठुला दल लागेका छन्। यति मात्रै नभएर यस पालिका तिर गाउँमा नभएका मान्छे,मृत्यु भएका मान्छेहरूकाे पनि भाेट हाल्ने गरेकाे अन्य दलले यसपालि कडाइ हुनुपर्ने माग गर्दै आएका छन्।
त्यसाे त काइकेमा चुनावकाे केन्द्र बन्नुकाे मुख्य कारण हाे एकै घरका दुइ दाजुभाइ कर्ण र धनबहादुरकाे चुनावी आक्रमक लडाँइ,एमालेका प्रदेश मन्त्री शेरबहादुर बुढा रहेकाेले पनि सबैकाे ध्यान केन्द्रीत भएकाे देखिन्छ। पहिलेका चुनावमा विभिन्न पार्टीमा जनता बाँडेर राख्ने र चुनावमा पार्टी नभनेर व्यक्ति अनुकुल प्रयाेग गर्ने गर्थे तर अहिले समय बदलिएकाे छ। कम्तीमा पार्टीका सैदान्तीक मत ल्याउने कर्ण बुढा र शेरबहादुर बुढालाइ गलपासाे छ। यदि मत ल्याउन नसके दुवैलाइ पार्टीकाे पद र नैतिताका आधारमा राजीनामा दिनुपर्ने अवस्था छ भने पार्टीले पनि कडा काह्रवाहीकाे चेतावनी दिइसकेकाे छ। सबै बस्तुस्थिति हेर्दा काइके सहित उपल्लाे भेगकाे मत बाँढीने अवस्था छ।