spot_img

‘सामाजिक सञ्जालका स्टन्टवाद र लोकप्रियतावाद’ लोकतन्त्रका लागि खतरा,दाहाल

spot_img

काठमाडौँ,नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित आफ्नो पार्टी राष्ट्रिय सङ्कट सामना गर्न तयार रहेको उद्घोष गरेको बताए ।

दाहालले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गरे । उनले विचार, राजनीति र इतिहास नभए पनि सामाजिक सञ्जालमा फण्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने कोशिस भइरहेको बताए । यो अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र भएको उनको टिप्पणी छ । उनले गणतन्त्र, सङ्घीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै सबैभन्दा ‘नयाँ’ विचार बोकेको शक्ति भएको दाबी गरे ।

अध्यक्ष दाहालले ‘जेन–जी’ आन्दोलन र त्यसबाट उत्पन्न विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा एक बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औँल्याए । सोही आवश्यकता पूर्ति गर्न वामपन्थी, समाजवादी र देशभक्तहरूलाई एकतावद्ध गर्दै २६ वटा साना–ठूला पार्टीहरूको एकताबाट ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण गरिएको उनको भनाइ छ ।

उनले आजको जटिल राजनीतिक अवस्थामा निर्वाचन नै जनतामा जाने र नयाँ जनअनुमोदित प्रतिनिधि सभाले नै युवाका मागहरू सम्बोधन गर्ने उत्तम माध्यम भएको बताए ।

उनले भने, ‘विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत भएपनि नभए पनि सोसल मिडियामा स्टन्ट गरेकै भरमा पपुलिजम एउटा लोकप्रियतावाद जसरी विश्वभरि नै साम्राज्यवादले विभिन्न देशमा लोकप्रियतावादलाई पपुलिजमलाई प्रस्तुत गर्ने र अनि लोकतन्त्रका विरुद्ध समाजवादका विरुद्ध प्रहार गर्ने गरेको छ । नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना इन्टरनेसनल जे फेनोमेना हो त्यसैलाई रिपिट गर्ने र यहाँ लोकतन्त्रमाथि प्रहार गर्ने अहिलेको भूराजनीतिक चलखेल जस्तो छ त्यसबाट यहाँ हस्तक्षेप गर्ने कोसिस भएको छ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img