spot_img

काठमाडौंबाट ओखलढुंगा हिडेको बस दुर्घटना:मृतकको संख्या ६ पुग्यो,उद्धार कार्य जारी

spot_img

काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको यात्रुवाहक बस तामाकोशीमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा २ जना पुरुष र ४ महिला छन् ।

एपीएफका अनुसार प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको रामेछापको मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो ।

एपीएफले ५ जना घाइते यात्रुको उद्धार गरिएको जनाएको छ । यद्यपि रामेछापका प्रहरी इन्स्पेक्टर राजनप्रसाद तिम्सिनाले १० जनाबढीलाई अस्पताल पठाइएको नेपाल प्रेसलाई बताए ।

दिउँसो करिब पौने ११ बजे सडकबाट झण्डै २० मिटर तल नदीमा बस खसेको हो । अहिले संयुक्त सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । बसमा कति यात्रु सवार थिए यकिन भइनसकेको रामेछापका सीडीओ श्यामकृष्ण थापाले बताएका छन् ।

एपीएफ गुल्म रामेछाप र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img