spot_img

नेपाली सेनाकाे सन्देशःसुरक्षा संवेदनशीलताको आधारमा जुनसुकै घेरामा खटिन सक्छ

spot_img

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ ।महत्त्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षा समेत सेनाले गर्न सुरु गरेको छ । निर्वाचनको अवधिमा नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी÷निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल÷निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिने बताइएको छ ।तर सुरक्षाको आवश्यकता अनुसार जुनसकुै घेरामा पनि सेना खटिनसक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा खटिने सक्ने बताइएको छ ।

नेपाली सेना निर्वाचन सुरुक्षाबारे आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलताको आधारमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा सेना खटिन सक्छ ।’जसअनुसार सबैभन्दा सुरक्षा संवेदनशीलता तथा चुनौती देखिएका त्यस्ता ठाउँहरूमा नेपाली सेनालाई सुरुमै पहिलो घेरामा खटाउन सकिने पनि देखिन्छ ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने पनि सेनाले बताएको छ । युद्धकार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापा भन्छन्, ‘निर्वाचनको दौरानमा शान्ति सुरक्षा दिने क्रममा नेपाली सेनाका फौजहरू परिचालन हुनेछन् । हामीसँग भएका विभिन्न किसिमका साधानहरू, सामाग्रीहरू र हाम्रो क्षमता सदुपयोग गरेर यो निर्वाचनलाई नेपाली जनताको चाहान बमोजिम एकमद सफलतापूर्वक सम्पन्न गर्न हामी प्रभावकारी ढंगले परिचालन भएर आफ्नो काम सम्पन्न गर्नेछौं ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img