spot_img

प्रहरी हवल्दार घर्ती हत्या प्रकरणः थप १ जना पक्राउ

spot_img

दार्चुला, दार्चुलामा सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा थप एक जना आरोपी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार घटनापछि फरार रहेका राजेन्द्र डडाललाई मंगलबार साँझ नौगाड क्षेत्रबाट पक्राउ गरिएको हो। भाग्ने क्रममा रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यस प्रकरणमा संलग्नमध्ये अझै तीन जना फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न अस्मिता बियर बारका सञ्चालक आशिक पाल, लक्ष्मी बडू र मनिस पाल अझै फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ। मृतक हवल्दार घर्तीको शव जिल्ला अस्पताल दार्चुलामा पोस्टमार्टम भइरहेको प्रहरीले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img