spot_img

सुशासनको पहिलो शर्त भ्रष्टाचार नियन्त्रण हो: प्रधानमन्त्री कार्की

spot_img

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन्। अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरूको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको भावनाअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणमा थप कदम उठाउने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि प्रयाप्त संरचना र कानुनी तथा नीतिगत व्यवस्था भएपनि भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण नसक्नुको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगकै भएको धारणा राखिन् । भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्ने प्रवृति अन्त्य नभएसम्म चाहेको सुधार गर्न नसकिने उनले बताइन्।

त्यस्तै, प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावना अनुसार गठन भएको वर्तमान सरकारले नागरिकमैत्री प्रशासनको अनुभूति गराउने,भ्रष्टाचार नियन्त्रणलगायत समग्र शासकीय सुधारका कार्यलाई प्राथमिकतासाथ अघि बढाइरहेको उल्लेख गरे।

यसैगरी वर्तमान सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको,राज्यकोषमा भार पार्ने गरी हुने अनावश्यक भर्तीहरू रोकेको र दुरुपयोगको उद्देश्यले मात्र रातो किताबमा राखिएका योजनाहरूको बजेट कटौती गरेको उनले जानकारी दिए ।

उनले आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी सुशासनको मार्गचित्र तयारीको कार्य पनि अन्तिम चरणमा पुगेको समेत जानकारी दिइन् । यसबीचमा भ्रष्टाचारविरुद्धका कारबाहीहरूलाई तीव्र पार्न राज्यका भएकै संरचनाहरूलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ सक्रिय हुन प्रेरित गरेको र केही दूरगामी परिणाम देखिने गरी जग बसालेको उनले बताइन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img