काडमाडाैँ, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले बुधबार बिहानसम्म १ करोड ५३ लाख मतपत्रको छपाइ सकेको छ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जनक शिक्षाले दैनिक १५ लाख मतपत्र छापिरहेको छ।प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बुधबार बिहानसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको जानकारी केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले दिए।
उनका अनुसार दैनिक १३ लाख मतपत्र छपाइ भइरहेकामा अहिले मतपत्र छपाइ वृद्धि गरी दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको र शुक्रबारसम्ममा सबै मतपत्र छापिसकिनेछ।उनका अनुसार अब प्रत्यक्षतर्फ ५० लाख मतपत्र छपाइ बाँकी छ भने शुक्रबार साँझसम्म वा शनिबारसम्म सबै मतपत्र छपाइ सकिनेछ।
यसअघि समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ गरिसकिएको छ।उनका अनुसार फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पु¥याइसकिनेछ।