प्रतिनिधिसभा निर्वाचन २१ फागुन लागि देशैभर चुनावी सरगमि बढेको छ। विभिन्न राजनीतिक दलहरू उम्मेदवारी दर्ता गरेर प्रचारको मैदानमा होमिएका छन्। यस्तै हिमाली जिल्ला डोल्पामा चुनावी सरगमि बढेको छ। चुनावी सरगमि सँगै अहिले नेकपा,कांग्रेस र एमालेले व्यापक घरदैलाे अभियान केन्द्रीत गरेकाे देखिन्छ।
चुनावी अभियानका क्रममा अहिले दलका नेताहरू विशेषगरी तल्लाे तर दुर्गम भेगमा पर्ने मुड्केचुला गाउँपालिकामा सबैले घरदैलाे अभियान केन्द्रीत बनाएका छन्। केहि समय पहिले एमालेका उम्मेदवार उम्मेदवार लंक रोकायाले घरदैलाे अभियान शुरू गरेकाे यस क्षेत्रमा भर्खरै कांग्रेसका उम्मेदवार कर्ण बहादुर बुढाले भर्खरै प्रचार सकेका छन् भने नेकपाका उम्मेदवार बनेका धनवहादुर बुढाकाे टाेलि अहिले घरदैलाे अभियानमा छ। सबै दल र नेताहरूले जनतालाइ विभिन्न आश्वासन दिएका छन्।
तर जनताकाे पीडा भने छुट्टै छन्। नेता भाेट माग्दै गाउँगाउँ तिर,जनता सामान्य उपचार नपाएर स्टेचरमा शहरतिर जीवनकाे भिग माग्दै छन्। गाउँपालिकाका भित्रकाे वडा नम्वर १ का भुपेश बुढा,दीप बहादुर बोहोरा दुवै जना क्यान्सर पीडित हुन्। उनीहरू उपचारकाे लागि सुर्खेत पुगेका छन्।
मुड्केचुला ८ ओक्टकै सुनकुमारी रोकाया लडेर गम्भीर अबस्था खुट्टा अप्रेसन गर्नुपर्ने भएकाले स्टेचरमा हालेर उपचारका लागि सुर्खेत ल्याइएकाे छ। बिकास रोकाया मुड्केचुला ८ का उनीकाे हात भाँचिएकाे छ,कर्णलाल बोहोरा मुड्केचुला १ खुट्टामा समस्या का कारण सबै उपचारका लागि सुर्खेत झरेका छन्।
स्टेचरमा बाेकेर सुर्खेत पुर्याए पनि गरिविका कारण उपचारमा समस्या भएकाे भन्दै जीवन रक्षाका लागि अाफन्तहरूले सहयोग गर्दिन सामाजिक संजाल मार्फत अमिल गरेका छन्। हरिशा क्षेत्रीले सामाजिक संजाल मार्फत सबै सहयाेगि मनहरू देखि स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकार सम्म आर्थिक सहयोगका लागि पहल गरेकी छन्।