spot_img

उपल्लो डोल्पाका १५ सय भन्दा बढी मतदाता छैनन् गाउँमाःभाेट हाल्नबाट बंचित हुने संकेत

spot_img

डोल्पा — हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका ३० प्रतिशत मतदाता आफ्नो थातथलो भन्दा बाहिर रहेको पाइएको छ । फागुन २१ तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उपल्लो डोल्पाका तीन पालिकाका ३० प्रतिशत मतदाता आफ्नो थातथलो भन्दा बाहिर रहेको पाइएको हो । जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङ्सोङ् र शे–फोक्सुण्डो गाउँपालिकाका १३ सय भन्दा धेरै मतदाता बाहिर रहेको सर्वेक्षणले देखाएको हो। यो संख्या त्यहाँ रहेका सबै मतदाताको ३० प्रतिशत हो।

‘उपल्लो डोल्पाका जनप्रतिनिधिहरुले धेरै मतदाता बाहिर भएको र हिमपातका कारण बाटो बन्द भएकाले फर्कन नसक्ने भनेर लिखित र मौखिक रुपमै जानकारी गराउनुभएको थियो । त्यही अनुसार पालिकाकै सम्पर्क व्यक्ति तोकेर कति मतदाता बाहिर छन् भनेर सर्वेक्षण समेत गर्न लगाइएको थियो । सोही सर्वेक्षण अनुसार ३० प्रतिशत मतदाता बाहिर भएको देखियो,’ श्रेष्ठले भने ।

शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमा वाङ्छेन गुरुङले सरकारले हिउँदमा आफ्नो थातथलो छोडेका मतदातालाई फर्काउन पहल नगरे धेरै जना मतदान गर्नबाट छुट्न सक्ने भन्दै चिन्ता व्यक्त गरे । ‘तीन पालिकाका ३० प्रतिशत भन्दा धेरै मतदाता गाउँमा छैनन् । कोही चिसो कटाउन तल्लो डोल्पा झरेका छन् । कोही विभिन्न काम विशेषले नेपालगञ्ज,काठमाडौंलगायतका सहरबजार पुगेका छन्‌,’ गुरुङले भने, ‘चुनावमै पुग्नेगरी फर्कौं भन्दा पनि पटक–पटक भएको हिमपातले गाउँ फर्कँने बाटाघाटा सबै बन्द भएकाले जान सक्ने अवस्था छैन् । मतदाताहरु भने आफ्नो मत हाल्न नपाइने भइयो भन्दै जनप्रतिनधिहरुसँग गुनासो गरिरहेका छन् । यस्तो अवस्थामा मतदातालाई कसरी लैजान सकिन्छ सरकारले समयमै सोच्नुपर्छ ।’

उपल्लो डोल्पाका जनप्रतिनिधिहरुले सरकारलाई हिमाली क्षेत्रको निर्वाचन सारिदिन समेत आग्रह गरेका छन् । निर्वाचन एकै पटक गर्ने भए आवश्यक सामग्री र कर्मचारीमात्र होइन मतदाता समेत हेलिकप्टर मार्फत पु¥याइदिनु पर्ने उनीहरुको धारणा छ । यता प्रमुख जिल्ला अधिकारी जुनु ढकालले यस विषयमा निर्वाचन आयोगलगायतका निकायसँग समन्वय भइरहेको बताइन् । ‘७० प्रतिशत मतदाता उपल्लो डोल्पामै छन् । ३० प्रतिशत नभएको प्रारम्भिक तथ्यांक आएको छ,’ उनले भनिन् । जिल्लाबाहिर गएका मतदाता फर्कँन नसक्नुमा हिमपातको कारण सृजित भौगोलिक कठिनाइ नै भएको उनले बताइन् ।

जिल्लास्थित सुरक्षा संयन्त्रद्वारा तल्लो डोल्पाका २९ वटा मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको र खासै चुनौती नदेखिएको समेत उनले जानकारी दिइन् । उपल्लो डोल्पाका ३ पालिकामा कुल ४ हजार ३ सय ६६ मतदाता रहेका छन् । त्यसमा १५ सय भन्दा धेरै मतदाता जिल्ला बाहिर रहेको सर्भेक्षणबाट देखिएको हो। सर्वेक्षणबाट प्राप्त तथ्यांक भन्दा पनि अझै धेरै मतदाता बाहिर रहेको उपल्लो डोल्पाका जनप्रतिनिधिहरुको दाबी छ। कान्तिपुरमा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img