spot_img

गाउँपालिकाका अध्यक्षले ताला लगाएपछि विद्यालयको परीक्षा स्थगित

spot_img

कालिकोटको , पलाँता गाउँपालिकाका अध्यक्षले ताला लगाएपछि एक विद्यालयको परीक्षा स्थगित भएको छ।पलाँता–१ खाडाजयखोलामा रहेको गणेश आधारभूत विद्यालयमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आईतबार दिउँसो ताला लगाएको विद्यालयले जनाएको छ।‘हिजो ३ बजेतिर एक्कासी आएर अध्यक्षज्यूले विद्यार्थीलाई बाहिर निकालेर विद्यालयका दुई वटा कोठामा ताल्चा लगाईदिनुभयो,’ विद्यालयका प्रधानाध्यापक सर्पानन्द न्यौपानेले भने, ‘यसको कारण के हो भन्नेबारेमा हामी नै अन्यौलमा छौं, यसले गर्दा आजदेखि सञ्चालन गर्ने भनिएको परीक्षा पनि स्थगित गरेका छौं।’

प्रधानाध्यापक न्यौपानेका अनुसार दिउँसो कक्षा कोठामा बसिरहेका कक्षा ४ र ५ का विद्यार्थीलाई बाहिर निकालेर अध्यक्ष बमले दुई वटा कोठामा ताल्चा लगाएका थिए। गाउँपालिका अध्यक्षले ताल्चा लगाईदिएपछि सोमबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा अब ५ गतेबाट सुरु गर्ने निर्णय भएको छ।‘परीक्षा सञ्चालनको तयारी गरेकै बेला उहाँले ताला लगाईदिनुभयो, यसले गर्दा अब भोलि (मंगलबार) सरस्वति पूजा भयो। पाँच गतेबाट सञ्चालन गर्ने भनेका छौं,’ प्रधानाध्यापक न्यौपानेले सेतोपाटीसँग भने।

कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा जम्मा ४९१ जना विद्यार्थी पढिरहेका छन्।विद्यालय व्यवस्थापन समितिका सदस्य तथा कार्यवाहक अध्यक्ष मन प्रसाद न्यौपानेका अनुसार विद्यालयका दुई वटा कोठा निर्माण गर्न भनेर गाउँपालिका अध्यक्ष बमले व्यक्तिग रुपमा रकम उपलब्ध गराएका थिए।‘विद्यालयमा यसअघि चार वटा ब्लकमा ८ वटा कोठा थिए,’ व्यवस्थापन समितिका सदस्य न्यौपानले भने, ‘उहाँले आफ्नो व्यक्तिगत सहयोगा दुईवटा कोठा बनाउँछु भनेर एउटा ब्लकलाई भत्काएर दुई वटा नयाँ कोठा बनाउनुभएको थियो, हिजो मैले बनाएको भवनमा पढाउन दिन्न भनेर होला त्यहीँ ताल्चा लगाउनुभयो।’

प्रधानाध्यापक सर्पानन्द न्यौपानेका अनुसार गाउँपालिकाका अध्यक्ष बमले न्यौपानेवाडामा भएको आगलागी पीडितका लागि भनेर उक्त भवन बनाउन व्यक्तिगत रुपमा लगानी गर्नेगरी एकजनालाई ठेक्का दिएका थिए।‘उहाँले हामीले किन ताल्चा लगाउनुभएको भन्ने विषयमा केही भन्नुभएको छैन, हामीले जिल्लास्थित शिक्षा प्रमुख र वडा अध्यक्षसँग पनि कुरा गयौं,’ प्रधानाध्यापक न्यौपानेले भने, ‘उहाँहरुले यो विषयलाई लिएर परीक्षा रोक्ने काम नगर्नुस्, हामी सहजीकरण गर्छौं भनेपछि ५ गतेबाट परीक्षा चलाउनेगरी लागेका छौं।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img