spot_img

पाल्पामा टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

spot_img

तानसेन (पाल्पा) , तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु२ख १८८३ नम्बरको टिपर आज एकापसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा मोटसाइकल चालक गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की तथा अर्का परिचय नखुलेकी एक महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवैलाई प्रहरी चौकी दोभानको टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img