spot_img

बंगलादेशमा आगो लगाउनेहरू हारे, नेपालमा पनि उनीहरू हार्छन् :दाहाल

spot_img

रुकुम पूर्व, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेशको निर्वाचनबाट नेपालीले पनि सिक्नुपर्ने बताएका छन्। बंगलादेशमा आगो लगाउनेहरू पराजित भएको भन्दै उनले स्थिरता चाहनेहरूको जित हुने बताए।

’बंगलादेशमा पनि आगो लगाइयो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। नजलाउने र स्थिरता चाहनेहरू जिते। सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए। यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन्,’ प्रचण्डले भने।

उनले नेपालमा पनि गणतन्त्र र परिवर्तन ल्याउनेहरूको जित हुने दाबी गरे। ’सिंहदरबार, संसद् भवन जले। सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्। गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्,’ उनले भने।

रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताए।

उनले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। ’भरतपुर मोडेल तपाईंहरूले देख्नुभएकै छ। अब विकासको नयाँ मोडेल र समाजवादको नयाँ मोडेल विकास गर्नेछौं,’ उनले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img